एमसीसी विवादका कारण नेकपाको नियमित काम प्रभावित

काठमाडौँ, ४ असार । एक वर्षदेखि चर्चा र विवाद उच्चस्थानमा रहेको अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादका कारण सरकार सञ्चालनदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नियमित कामसमेत प्रभावित बनेको छ ।

संसद्बाट एमसीसी पारित गराउने विषयमा सत्तारुढ दल नेकपा एकतर्फ देखिएको छ भने त्यसविपरित ध्रुवमा पार्टी उभिएको छ । सरकार एमसीसी पास गराउने पक्षमा छ । तर, सत्तारुढ दल नेकपा भने अहिलेको अवस्थामा एमसीसी पास नगराउने स्पष्ट अडानमा उभिएको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र छ । पुष्पकमल दाहालबीचमै एमसीसी विषयमा फरक मत पाइएको छ । प्रधानमन्त्री समेत रहेका ओली एमसीसी सम्झौता अनुमोदन गर्न हतारिहँदा अर्का अध्यक्ष दाहाल संशोधन गरेर मात्र अनुमोदनका लागि अगाडि बढाउनुपर्ने पक्षमा देखिएका छन् । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५३ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै

काठमाडौँ, ३ असोज । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ९ लाख ५६ हजार ३५० जनाको मृत्यु

काठमाडौँ, २ असोज । साउदीमा रहेका १ हजार १ नेपालीले बहिर्गमन भिसा पाएका छन् । साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिएकामध्ये

काठमाडौँ, २ असोज । भारतमा गएको २४ घण्टामा ९६ हजार ७ सय ९३ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी