विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ४ लाख नाघ्यो

काठमाडौँ, ४ असार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या साढे ४ लाख ५१ हजार २ सय ३७ जना पुगेको छ । बिहीबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण ४ लाख ५१ हजार २६६ जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ ।

अहिलेसम्म विश्वभर कोरोना संक्रमित संख्या ८३ लाख ९८ हजार नाघेको छ । बुधबार मात्रै विश्वभर १ लाख ४१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसैगरी बुधबार विश्वभर एक दिनमा ५ हजार २६४ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म ५१ प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । बुधबार मात्रै विश्वभर १ लाख ८ हजारभन्दा बढी मानिस संक्रमुक्त भएको वर्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

अहिलेसम्म कोरोनाभाइरसलाई जितेर घर फर्कनेको संख्या ४४ लाख १४ हजार नाघेको छ । सबैभन्दा धेरै संक्रमित तथा मृत्यु संख्या र निको हुनेको संख्या अमेरिकामा रहेका छन् । अहिलेसम्म त्यहाँ २२ लाख ३४ हजारभन्दा बढी मानिस संक्रमित हुँदा ९ लाख १८ हजारभन्दा बढी निको भइसकेका छन् । तर १ लाख १९ हजार ९ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

उता ब्राजिलमा ९ लाख ६० हजारभन्दा बढीमा सङ्क्रमण देखिएकोमा ५ लाख ३ हजारभन्दा बढी मानिस निको भइसकेका छन् । ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अमेरिकापछि दोस्रो बढी रहेको छ । त्यहाँ अहिलेसम्म ४६ हजार हजार ६६५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको