नेकपा स्थायी कमिटी बैठकको मिति तय

काठमाडौँ, ४ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १० गते बस्ने भएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहालबीच बुधबार साँझ भएको भेटमा स्थायी कमिटी बैठकको उक्त मिति तय भएको हो । बैठक पार्टीभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लगायतका मुद्दामा भइरहेको विवादको विषयमा छलफल हुने जनाइएको छ ।

एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्बाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दबाबमा छ । यस अगाडि वैशाख ३१ गते बोलाइएको स्थायी कमिटी बैठक अनिश्चतकालका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।