सस्तियो बिजुली : निम्नवर्गीय जनताका लागि आधासम्म सस्तो

काठमाडौँ, ४ असार । निम्नवर्गीय जनताका लागि आधासम्म सस्तो, उद्योग व्यवसायको व्यवसाय लागत घटाउने र उद्यमशीलता प्रवद्र्र्धन गर्ने लक्ष्यसहित विद्युत् महसुल समायोजन गरिएको छ ।

विद्युत् नियमन आयोगले विभिन्न प्रकारका ग्राहकलाई इनर्जी र न्यूनतम शुल्क नलिने, दर घटाउने तथा ट्रङ्क तथा डेडिकेटेड लाइनको अतिरिक्त शुल्क खारेज, चार्जिङ स्टेसनका लागि नयाँ महसुललगायतका व्यवस्थासहित नयाँ दर सार्वजनिक गरेको हो ।

असार १ गतेदेखि नै कार्यान्वयनमा आउनेगरी तय गरिएको नयाँ महसुल दर अनुसार एकदेखि दस युनिटसम्मको पाँच एम्पियरका इनर्जी शुल्क गार्हस्थ ग्राहकलाई इनर्जी शुल्क तिर्नु नपर्ने भएको छ ।

१० युनिटभन्दा माथि खपत गर्ने गार्हस्थ ग्राहकको विद्युत्को प्रतियुनिट शुल्कमा न्यूनतम ५ देखि अधिकतम ११ प्रतिशतसम्म घटाइएको छ भने न्यूनतम शुल्कमा पनि ११ देखि ३३ प्रतिशतसम्म कम गरिएको छ । हालसम्म गार्हस्थ ग्राहकलाई सात वर्गमा राखेर महसुल निर्धारण हुँदै आएकामा अबदेखि नौ वर्ग कायम गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । थप १३ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७० हजार ६ सय

डोटी, ९ असोज । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ

पोखरा, ९ असोज । गण्डकी प्रदेशमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा

दार्चुला, ९ असोज । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत अबस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको