आगामी आर्थिक वर्षको सुरुमा उपत्यकामा पानी वितरण हुन्छ : मन्त्री मगर

काठमाडौँ, ३ असार । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आगामी आर्थिक वर्षको सुरु अवधिमा काठमाडौँ उपत्यकाभित्र पानी वितरण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सभा बैठकमा खानेपानी मन्त्रालयको बजेटमाथि जवाफ दिने क्रममा मन्त्री मगरले असार भित्रै मेलम्चीको सुरुङको परीक्षणको तयारी भइरहेकाले आगामी आर्थिक वर्षको शुरुमा आयोजना उद्घाटनको तयारी भइरहेको बताउनुभयो । अनगिन्ती चुनौतीका बावजुदपनि मेलम्ची आयोजनाको उद्घाटन गर्ने तयारी रहेको जानकारी गराउँदै उहाँले त्यो दिन नेपाल र नेपालीका लागि गौरवको दिन हुने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेलम्ची खानेपानी आयोजना कार्यान्वयनको क्रममा भूकम्प, समय–समयमा समाधान गर्नुपर्ने विभिन्न अवरोध, निर्माण मजदूर र कर्मचारीहरुको आन्दोलन, पटक–पटक ठेक्का तोड्नुपर्ने बाध्यत्मक अवस्था तथा हालको कोभिड–१९ को प्रकोपलगायत कठिनाइका बावजुद पनि आयोजनाको प्रथम चरणको कार्यलाई तीब्रता दिई चालू आर्थिक वर्ष भित्र आयेजनाको आधारभूत कार्य सम्पन्न गरी पानी पठान्तरण गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५३ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै

काठमाडौँ, ३ असोज । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ९ लाख ५६ हजार ३५० जनाको मृत्यु

काठमाडौँ, २ असोज । साउदीमा रहेका १ हजार १ नेपालीले बहिर्गमन भिसा पाएका छन् । साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिएकामध्ये

काठमाडौँ, २ असोज । भारतमा गएको २४ घण्टामा ९६ हजार ७ सय ९३ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी