मौलिक हकका कानून कार्यान्वयन अन्तिम चरणमा पुगेको छ : मन्त्री तुम्वाहाङ्फे

काठमाडौँ, ३ असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेले मौलिक हकका कानून कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताएकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत  सो मन्त्रालयसम्बन्धी छलफलको जवाफ दिँदै मन्त्री तुम्वाहाङ्फेले मौलिक हकका कानून कार्यान्वयनका लागि दुई मौलिक हकसम्बन्धी नियमावली बनाउन मात्र बाँकी रहेको बताइन् । ‘मौलिक हक कार्यान्वयनको अन्तिम चरणमा पुगेका छौ’, मन्त्री तुम्वाहाङ्फेले भनिन्– ‘१४ वटा मौलिक हकको नियमावली पनि बनिसकेको छ, आवासको हक र खाद्यसम्बन्धी हकको नियमावली बनाउन अन्तिम चरणको छलफल बाँकी थियो, बन्दाबन्दीले गर्दा केही ढिला भएको छ ।’

सर्वोच्च अदालतमा २१ हजार मुद्दा रहेको र सुनुवाइ ढिला भएको सांसदको जिज्ञासामा उनले न्यायलाई छिटोे र सहज बनाउने तथा स्थानीय तहका न्यायिक समितिलाई बलियो बनाउन आवश्यक बजेटका लागि मन्त्रालयले पहल गर्ने बताइन् । ‘सर्वोच्च अदालत र कानून मन्त्रालय फरक पाटो हो, दुवैको बजेट र योजना फरक छ’, मन्त्री तुम्वाहाङ्फेले भनिन्– ‘सर्वोच्च, उच्च र जिल्लामा आवश्यक बजेटका लागि सहजीकरण गर्छौ, तर सबैलाई बजेट अहिले कम छ, जनताको ज्यान बचाउन स्वास्थ्यमा रकम बढी खर्च भएको छ ।’  उनले आगामी आर्थिक वर्षको बजेटमा नागरिकको स्वास्थ्य संरक्षणलाई पहिलो प्राथमिकता दिइएको हुँदा सबैलाई बजेट कमी नै भएको स्पष्ट पारिन् । मन्त्री तुम्वाहाङ्फेले मन्त्रालयमा तालिमका लागि आवश्यक रकमको अभाव नहुने उल्लेख गर्दै कानूनमा व्यावहारिक रुपमा अनुभवबाटै छिटो न्याय सम्पादन गर्नुपर्नेमा जोड दिइन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । प्रहरीले २२ बालबालिकाको मुन्द्रा लुट्ने एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी घर भई हाल

गोरखा, ७ असोज । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष

काठमाडौँ, ७ असोज । एनसेलले सामाजिक सञ्जाल टिकटक र फेसबुकका लागी नन्स्टप आकर्षक योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेड (पहिले

काठमाडौँ, ७ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना