पिसिआर परीक्षण बढाउन सांसदहरुको माग

काठमाडौँ, ३ असार । सांसदले कोभिड–१९ को सङ्क्रमणको जोखिमका सन्दर्भमा कैलालीको क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कारमा संलग्न व्यक्तिलाई कारवाही गर्न र पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको शून्य समयमा भाग लिँदै नेकपाकी शारदादेवी भट्टले सिङ्गो समाज कोरोनामा जुधिरहेका बेला बलात्कारमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याएर कडा सजाय दिलाउन सरकारलाई सुझाव दिइन् । उनले भनिन्– ‘बलात्कारलगायतका घटनामा संलग्न व्यक्ति कोरोना भन्दा ठूला भाइरस भएकाले दोषीलाई कडा कारवाही होस् ।’सोही दलकी विमला पौडेलले कोभिड–१९ को सङ्क्रमणसँगै महिला र बालबालिका विभिन्न समस्यामा परेकाले सरकारलाई यसतर्फ विशेष चनाखो हुन सुझाव दिइन् । नेकपाकै शेरबहादुर कुँवरले भारतका विभिन्न स्थानमा पेशा व्यवसायमा संलग्न रहेकामध्ये रोजगारी गुमाएर घर फर्केकामध्ये सुदूरपश्चिमका क्वारेन्टाइनमा ७० हजारदेखि ९० हजारसम्म बस्दै आएकाले उनीहरुको पीसिआर परीक्षण गर्न ढिलाइ भएकाले परीक्षण केन्द्र विस्तार गर्न तथा बलात्कारको घटनामा संलग्नलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

सोही पार्टीकै रामनारायण बिडारीले विदेशमा कोभिड– १९ का कारण अलपत्र परेका नागरिकलाई तत्काल स्वदेश ल्याउने व्यवस्था गर्न सरकारलाई सुझाव दिए । उनले भने– ‘विदेशमा गएकाहरु अहिले रोग र भोकले समस्यमा परेका छन्, अहिले सङ्कटमा परेका पैसा नभएका त्यस्ता नागरिकलाई यहाँ ल्याउने व्यवस्था होस् ।’

नेकपाकै सुमित्रा बिसीले जाजरकोटको चुदिचाँदीमा भएको जीप दुर्घटनाका घाइतेको उपचार व्यवस्था मिलाउन तथा महिलाहिंसाका घटनामा संलग्नलाई कानूनी कठघरामा उभ्याउन सरकारसँग आग्रह गरिन् ।

सोही दलकी विमला घिमिरेले केही समयअघि श्रीमान् गुमाएकी हेटौँडा सूर्यचोककी सुस्मितालाई मारिएको घटनाको गम्भीर छानबिनसहित दोषीलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन सुझाव दिइन् ।नेकपाकै सुमनराज व्याकुरेलले धनुषाको सदा परिवारमा भएको मृत्युको घटनाको छानबिनका लागि माग गरे । नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझीले सरकारले झापाकोे मङ्गलबारे अस्पताललाई मदन भण्डारी अस्पताल नामकरण गर्न खोजेका कारण जनताको विरोध भएकाले पुरानै नाम कायम गर्न माग गरे । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, २ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताउनुभएको छ । प्रेस सङगठन नेपाल,

काठमाडौँ, २ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा हालै राष्ट्यि सभामा मनोनित भएका वामदेव गौतमले कोभिड १९

काठमाडौँ, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्वियूलगायतका १३ विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्र सुधारका लागि उठाइएका माग

काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि