एजेन्सी, ३ असार । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले कोरोनाभाइरस पछि दोस्रो खेलमा पनि जित निकालेको छ ।
गएराति आफ्नै घरेलु मैदानमा भएको खेलामा बार्सिलोनाले लेगानेसलाई २-० गोल अन्तरले पराजित गर्यो । बार्सिलोनालाई सहज जित दिलाउनका लागि युवा स्टार अन्सु फाती र कप्तान लियोनल मेस्सीले समान एक-एक गोल गरे ।
याे जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रियल म्याड्रिडविरुद्ध ५ अंकको अग्रता बनाएको छ ।





