विश्वभर कोरोना संक्रमितको संख्या ८२ लाख ५१ हजार नाग्यो

काठमाडौँ, ३ असार । विश्वभर नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ८२ लाख ५१ हजार ६८ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ४ लाख ४५ हजार १८५ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ४२ लाख ९९ हजार २२२ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ८ हजार २४४ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ ।

अहिलेसम्म ब्राजिलमा ९ लाख २८ हजार ८३४ जना, रसियामा ५ लाख ४५ हजार ४५८ जना, भारतमा ३ लाख ५४ हजार १६१ जना र बेलायतमा २ लाख ९८ हजार १३६ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख १९ हजार १२९ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ४५ हजार ४५६ जना, बेलायतमा ४१ हजार ९६९ जना, इटालीमा ३४ हजार ४०५ जना र फ्रान्समा २९ हजार ५४७ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा ८ लाख ९९ हजार ५०३ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ४ लाख ६४ हजार ७७४ जना, रसियामा २ लाख ९४ हजार ३०६, भारतमा १ लाख ८७ हजार ५५२ र इटालीमा १ लाख ७८ हजार ५२६ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोटी, ९ असोज । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ

दार्चुला, ९ असोज । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत अबस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको

कावासोती, ९ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्‍नेमा भिरबाट बस खस्दा एकजनाको मृत्यु भएको छ । गुडिरहेको बसमाथि पहिरो

काठमाडौँ, ९ असोज ।  बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको