पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सकिने

काठमाडौँ, ३ असार । पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी बन्दाबन्दीका बीच पनि काम भइरहेको छ । सन् २०२१ जुलाई १० भित्र निर्माण सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको चिनियाँ सीएमसी कम्पनीले निर्माणको जिम्मा लिएको थियो ।

निर्माण कम्पनीले छ महिना अगावै अर्थात् सन् २०२० डिसेम्बरसम्म सबै निर्माणको काम सक्ने गरी काम गरिरहे पनि सुरुमा चीनमा कोरोनाको सङ्क्रमण देखिँदा चीनमा गएका कामदार त्यतै रोकिएको र पछि नेपालमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आयोजना निर्माणमा दोहोरो मार परेको थियो । बन्दाबन्दी अगाडिसम्म छ महिना अगावै निर्माणको काम सम्पन्न गर्ने गरी ५५ प्रतिशत काम सकिएको थियो ।

बन्दाबन्दीकै बीचमा पनि कामदारको स्वास्थ्य सुरक्षा, क्वारेन्टाइन, आवतजावतमा पूर्ण रूपमा रोक लगाएर निर्माणको कामलाई जारी राखिएको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए । मुनर्कीका अनुसार बन्दाबन्दीकै समयमा करिब चार प्रतिशत काम सम्पन्न भएको र कुल भौतिक निर्माणको प्रगति ५९ प्रतिशत र वित्तीय प्रगति ४५ प्रतिशत रहेको छ ।

आयोजना स्थलमा २७१ जना चिनियाँ र १०० नेपाली कामदारले निरन्तर काम गरिरहे पनि विमानस्थलका लागि आवश्यक निर्माण सामग्री केही कलकत्ता बन्दरगाह, केही केरुङ नाका र केही चीनमा नै रोकिएकाले जनशक्ति हुँदाहुँदै पनि द्रुत गतिमा काम गर्न नसकिएको मुनकर्मीले बताए ।

विमानस्थलको दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको रनवे, ट्याक्सी वे, आन्तरिक तथा बाह्य एप्रोन, टर्मिनल भवन, टावर, अध्यागमन, भन्सार, ह्याङ्गर, कार्गो, प्रशासनिक भवन, अग्नि नियन्त्रण, क्वारेन्टाइन, उद्धार कक्ष भवन निर्माण भइसकेको र मुख्य सडक नालालगायतका निर्माणको काम भइरहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, ३ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र

वुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । आज संविधान

काठमाडौँ, ३ असोज । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कुलमान घिसिङले आफ्नो पक्षमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति