वाग्मती प्रदेशको कृषि र स्वास्थ्य क्षेत्रमा २६ वटा लोकप्रिय कार्यक्रम (सूचीसहित)

हेटौंडा, २ असार । वाग्मती प्रदेशको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा २६ वटा लोकप्रिय कार्यक्रम कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

कृषिमा आत्मनिर्भर बन्दै रोजगार सृजना गर्न प्रदेशले कृषिमा विभिन्न योजना समेत ल्याएको छ । किसानको आवश्यकता र माग बमोजिम बजेटमार्फत कार्यक्रम ल्याएको छ । त्यसैगरी कोरोनाले महामारीको रूप लिएपछि वागमती सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पनि प्रथमिकतामा राखेको छ ।

१. किसानलाई प्रोत्साहनको निम्ति प्रति लिटर दूध उत्पादन बापत रु. २ खातामै जम्मा गरिने
२. धान, मकै, गहुँ, कोदो, फापर, आलुको न्यूनतम समर्थन मूल्य निर्धारण
३. किसान परिचय पत्र वितरण
४. प्रत्येक पालिकामा एक खाद्यान्न भण्डारण र एक बीउ बैंक स्थापनाको सुरुवात
५. सामूहिक खेती प्रवर्धन कार्यक्रमको विस्तार
६. प्रत्येक स्थानीय तहमा २र२ वटा कृषि, पशुपन्छीका पकेट र १/१ वटा ब्लक
७. प्रत्येक स्थानीय तहमा एक वटा माटो परीक्षण प्रयोगशाला स्थापना
८. AFU का विद्यार्थीलाई Research Fellowship को व्यवस्था
९. Fabricated Cold Chamber, संकल केन्द्र तथा राष्टिय हाउस निर्माण
१०. भकारो सुधार कार्यक्रम
११. सिन्धुलीको दुधौली र चितवनको माडीमा अर्गानिक पकेट क्षेत्र पहिचान गरी कार्यक्रम कार्यान्वयन
१२. तरकारीको उत्पादकत्व दोब्बर बनाउन प्रविधियुक्त संरक्षित संरचनामा आधारित खेती
१३. थप १०० हेक्टरमा मत्स्यपालन विस्तार
१४. मत्स्यपालनमा खपत हुने विद्युत महशुलमा ५०% छुट
१५. कृषि औजार कारखाना र पाउडर दूध प्लान्टको स्थापना
१६. ज्ञान केन्द्र तथा विज्ञ केन्द्रमा बीमा तथा कृषि कर्जा डेस्कको व्यवस्था
१७. जिल्ला अनुरुप विशिष्ट क्षेत्र तोकी क्षेत्रगत कार्यक्रम संचालन
१८. कोरोना नियन्त्रणपछिको आर्थिक सुदृढिकरण तथा रोजगारीको वातावरण सिर्जना गर्ने,
१९. प्रदेश मातहतका सबै जिल्ला आयुर्वेद केन्द्रलाई वैकल्पिक चिकित्सा सेवा, पञ्चकर्म तथा योग सेवासहित सुदृढीकरण गरिने
२०. प्राकृतिक एवं वैकल्पिक चिकित्सा सञ्चालनका लागि प्रोत्साहन गरिने भनिएको छ। हेटौँडा अस्पताललाई स्तरोन्नति गरी ३०० शैयाको बनाउने
२१. मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न संस्थागत तथा संरचनागत व्यवस्था गरी शैक्षिक कार्यक्रम सञ्चालन गरिने
२२. भक्तपुर, सिन्धुली र त्रिशूली अस्पताललाई १०० शैया क्षमताको विशिष्टीकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालका रूपमा स्तरोन्नति गरिने
२३. धादिङ र चौतारालाई ५० शैया तथा रामेछाप र रसुवा अस्पताललाई २५ शैया क्षमतामा स्तरोन्नति गरी सुदृढीकरण गरिने
२४. प्रदेशको अस्पताल नभएका जिल्लामा स्थानीय तहको सहमतिमा स्थानीय स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी प्रदेश अस्पताल बनाइने
२५. वाग्मती सरकारले कोभिड–१९ को सङ्क्रमणबाट रोजगारी र उत्पादनमा परेको नकारात्मक प्रभावलाई न्यून गरी दिगो उत्पादकत्व, भरपर्दो वितरण सञ्जाल र २६. उद्यमशीलताको विकास गर्न प्रदेश सरकारबाट दिइँदै आएको अनुदानलाई प्रभावकारी बनाउन बैंकिङ पद्धतिमार्फत न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड