ढुक्कले काम गर्नुस, कसैको डर, धम्कीले नडराउनुस् : मन्त्री अर्याल

काठमाडौँ, २ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कसैको डर, धम्कीले नडराई निश्चिन्त भएर काम गर्न सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

आज आयोगका पदाधिकारीसँग छलफल गरी मन्त्री अर्यालले कसैको दवावमा नपरी निश्चिन्त भएर काम गर्न निर्देशन दिनुभएको हो । काम गर्ने क्रममा खुट्टा नकमाउन आग्रह गर्दै मन्त्री अर्यालले निश्चिन्त भएर काम गर्न आग्रह गर्नुभयो । प्रत्येक समयको महत्व बुझेर काम गर्द आग्रह गर्दै उहाँले बढी समय लिएर पिन पुर्ण प्रतिवेदन दिन समेत निर्देशन दिनुभयो ।

अनुचित खालका घेराबन्दी, प्रस्तावहरु आएपनि त्यसलाई पन्छाएर जनताका पक्षमा काम गर्न आग्रह गर्नुभयो । अवसर पाएको बेला राज्यले विश्वास गरेका बेला काम गरेर देखाउन सकियो भने सधैं सधैं भावी पुस्ताले पनि नाम लिन सक्ने उहाँले बताउनुभयो । ‘फेरि यो अवसर नआउन सक्छ । मान्छेले कतिपटक अवसर पायो भन्दा पनि अवसर पाउदा के गर्यो रु भन्ने कुरा महत्वपुर्ण हो,’ मन्त्री अर्यालले भन्नुभयो, ‘यो तपाइहरुलाई राज्यले विश्वास गरेर यति राम्रो अवसर दिइसकेपछि तपाइहरुको स्पिड अलि बढाएर नतिजा आउनुपर्छ ।’

अहिलेको विशेष अवस्थाको ख्याल गर्दै आएका निवेदनहरुलाई प्रकृया अगाडी बढाउन निर्देशन दिँदै उहाँले नयाँ निवेदन लिने कार्यका लागि व्यवस्थित रुपमा एकद्वार प्रणाली लागू गरेर काम गर्न आग्रह गर्नुभयो । अगाडि बढेका कामहरु टुंगो लगाएर अगाडि बढ्न मन्त्री अर्यालको निर्देशन थियो । आयोग, मन्त्रालय र सिंगो सरकारका अपेक्षा पुरा गर्नका निम्ती आग्ना उहाँले आग्रह गर्नुभयो । आयोगले गर्ने कामहरु निकै असजिलो भएको भन्दै मन्त्री अर्यालले केही लोभ, लाभलाई टाढै राखेमा काम गर्न सजिलो हुने बताउनुभयो ।

भूमि व्यवस्था मन्त्रालयको नेतृत्व गर्दा शुरुका केही महिना विभिन्न इन्ट्रेष्ट ग्रुपहरुको घेराबन्दीमा परेको अनुभव सुनाउँदै मन्त्री अर्यालले आफ्नो काम गर्ने शैलीका कारण अहिले अनुचित मान्छेहरु प्रवेश नै नगर्ने अवस्था बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुचित मान्छेहरुलाई व्यवहारले नै पन्छाउने हो । अन्य मान्छेमार्फत प्रयत्न गर्छन् त्यसलाई मेरो त्यो एजेण्डा नै होइन भनेपछि छलफल नै चल्दैन । यसो गर्दा नै घेराबन्दीबाट मुक्त हुन सकिने रहेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । आज संविधान

काठमाडौँ, ३ असोज । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कुलमान घिसिङले आफ्नो पक्षमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति

काठमाडौँ, ३ असोज । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।