राष्ट्रियसभा बैठकमा महिलाका लागि अलग क्वारेन्टाइन माग

काठमाडौँ, २ असार । आजको राष्ट्रियसभा बैठकमा सांसदहरूले महिलाका लागि छुट्टै क्वारेन्टाइन हुनुपर्ने माग राखेका छन्‌ ।

सुदूरपश्चिमको कैलालीस्थित लम्की चुहानगरपालिकामा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कार भएपछि महिला सांसदहरूले यस्तो माग गरेका हुन्‌ ।

राष्ट्रियसभाको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दिलकुमारी रावलले कैलालीको क्वारेन्टाइनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भर्त्सना गर्दै दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग गरिन् ।

नेकपाकै महेशकुमार महराले बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्नेमा जोड दिए । सोही पार्टीका मायाप्रसाद शर्माले रोजगारीको सिलसिलामा मलेसिया गएका जाजरकोट नरगाढा नगरपालिकाका वीरबहादुर कामीको जेठ १५ गते मृत्यु भएको बताउँदै शव नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्‌ ।

नेपाली कांग्रेसका प्रकाश पन्थले देशैभरी क्वारेन्टाइनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै  कैलालीको क्वारेन्टाइनमा भएको बलात्कार घटना अत्यन्त निन्दनीय रहेको बताए । उनले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । लागूऔषध मुद्दामा कैद सजाय काटिरहेका एक कैदीको दुई वर्ष ७ महिना सजाय मिनाहा गरेको पर्सा अदालतले उक्त

काठमाडौँ, ९ असोज । मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

ललितपुर, ८ असोज । महाँकाल गाउँपालिकाले गत ५ गतेदेखि परेको अबिरल वर्षाका कारण पालिका क्षेत्रभित्र पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन

काठमाडौँ, ८ असोज । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल