न्युजिल्याण्डमा २४ दिनपछि काेराेना सङ्क्रमण देखियाे

काठमाडौँ, २ असार । न्युजिल्याण्डमा झण्डै एक महिनापछि पहिलाे पटक काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ दिनपछि पहिलाे पटक दुई जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे । सङ्क्रमित दुई जना भर्खरै बेलायतबाट फर्किएकाे र उनीहरु एक–अर्कासँग सम्बन्धित रहेकाे बताइएकाे छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ती दुई व्यक्तिलाई एक मृत व्यक्तिकाे अन्तिम संस्कारमा बाहिरबाट आउनकाे लागि प्रतिबन्धमा छुट दिइएकाे थियाे ।

न्युजिल्याण्डले गएकाे हप्तामात्रै देश काेराेना भाइरसमुक्त भएकाे घाेषणा गर्दै सबै प्रतिबन्ध हटाएकाे थियाे । तर विदेशबाट न्युजिल्याण्डमा अन्तर्राष्ट्रिय यात्रामा अझै पनि प्रतिबन्ध लगाइएकाे छ र केवल त्यहीँका नागरिक र अत्यावश्यक कर्मचारीलाई देश फर्कने अनुमति छ ।

काेराेना महामारी नियन्त्रण गर्न सम्बन्धमा न्युजिल्याण्डकाे प्रयासकाे चाैतर्फी सराहना भइरहेकाे छ, न्युजिल्याण्डले महामारीकाे सुरुवातमा नै आफ्नाे सीमा बन्द गर्दै देशव्यापी लकडाउन लागू गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । सूर्यविनायक नगरपालिकाको आफ्नो सुविधा सम्पन्न तथा आधुनिक आफ्नै भवनको निर्माणको क्रममा रहेको छ । कटुञ्जमा महेन्द्र

काठमाडौँ, ७ असोज । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ लगायत १३ विद्यार्थी संगठनले सरकारले बढाएको ५० प्रतिशत भाडा वृद्धि खारेज गर्न

काठमाडौँ, ७ असोज । नेपालमा ६ जिल्ला कोरोनामुक्त भएका छन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनामुक्त

काठमाडौँ, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ