कोरोना रोकथाम : कार्ययोजना कार्यान्वयन पक्ष नै फितलो

काठमाडौँ, २ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई चार तहमा विभाजन गरी कार्ययोजना ल्याएको भए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ ।

पहिलो चरणमा शून्यदेखि २ हजार, दोस्रो चरणमा २ हजारदेखि ५ हजार, तेस्रो चरणमा ५ हजारदेखि १० हजार र चौथो चरणमा १० हजारभन्दा माथि संक्रमितलाई आधार मानेर स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना बनाइएको थियो । संक्रमितको संख्यालाई आधार मान्दा अहिले तेस्रो चरणको कार्ययोजना लागु हुनुपर्ने हो ।

– ट्रेसिङ, ट्र्याकिङ र टेस्टिङ अझै सुस्त
– निजी अस्पताल अझै उपयोगमा ल्याइएन
– जिन सिक्वेन्सिङ खोइ ?
– क्वारेन्टिन संक्रमणको स्रोत बन्दै
– खर्च मितव्ययी नहुँदा प्रश्नै प्रश्न
– संक्रमित दिन प्रतिदिन थपिँदा जोखिम झन् बढ्दै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाका अनुसार ५ हजारदेखि १० हजार जनासम्म संक्रमित पुगेमा सबै निजी अस्पताललाई क्षमताका आधारमा उपयोगमा ल्याइने भनिएको छ । तर, कार्यान्वयन अझै हुन सकेको छैन । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरोबाट जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्ने र पीडीतहरुको इच्छाअनुसार सुरक्षित स्थानमा आवास निर्माण

रुपन्देही, २ असोज । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न कानुनी अड्चन

काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको

काठमाडौँ, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रबार बिहान ११ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित भएको छ ।