रुकुम घटना : नवराजको प्रेमिकाले को को लाई लगाईन आरोप ? यस्तो छ बयान

काठमाडौँ, १ असार । गत जेठ १० गते हत्या गरिएका नवराज विककी प्रेमिका भनिएकी किशोरीले नवराज र उनका पाँच साथीको हत्यामा बुवा, दाइ र अन्य गाउँले प्रत्यक्ष संलग्न रहेको बयान दिएकी छिन् ।

रुकुम पश्चिम प्रहरीसँगको बयानमा उनले भनेकी छन्– ‘मेरो बुवा, दाइसमेतले नवराज विकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याइ ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ ।’ उनले नवराजको घरमा दुई पटक बसेको र पछिल्लो समयमा सम्बन्ध सुमधुर नभएको बताएकी छन् ।

१७ वर्षीय ती किशोरीले प्रहरीसमक्ष दिएको बयान

मृतक नवराज विकले मिति २०७५ साल फागुन महिनामा मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएका मैले एक्सेप्ट गरी सोही मितिदेखि साथी भई कुराकानी र भेटघाट हुने गर्थ्यो । परिचय हुँदै गएपछि, मिति २०७६ साल पौष १४ गते जाजरकोट खंलगामा रमाइलो मेला लागेकाले मेला हेर्न गएको मौकामा मृतकसँग भेट भएकोले सो रातमा मृतककै घरमा बास बसी भोलिपल्ट घर गएकी हुँ । सो पश्चात पनि मिति २०७६ पौष महिना गते यकिन भएन, मृतक नवराज विकको बहिनी नाता पर्ने मेरो साथी पूजा भन्नेको भाइको जन्मदिनमा गएको मौकामा समेत भेट भएकोले सो दिन समेत मृतककै घरमा गई सुती भोलिपल्ट घर गएकी हुँ । सो समयमा मृतकका घर परिवारले मलाई विवाह गरी आएकी भन्ने सोचेका रहेछन्, तर म विवाह गरी गएकी होइन, निजले फोनमा मलाई विवाह गरौं भनी कुरा गर्दथ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिएँ, निजको घरमा बसेको त्यति नै हो ।

मलाई मिति यकिन भएन मृतक नवराज विकले आफ्नो साथी चरी भन्नेलाई साथमा ल्याई मेरो घरमा आई म र बज्यै घरमा सुतिरहेको अवस्थामा झ्यालबाट ढुङ्गा र मकैको खोया समेतले हान्दै गरेको बज्यैले देख्नु भएको रहेछ । भोलिपल्ट बिहान पनि निज नवराज विकसमेत मेरो घर नजिकै हि डीरहेको देखी मेरो बुवाआमा समेतले सम्झाई आफ्नो घरतर्फ पठाएकोमा २०७७ साल वैशाख महिनाको गते याद भएन, निजले आफ्नो साथी सन्जु विकलाई ल्याई मेरो गाउँमा आएको रहेछ तर मैले देखिनँ । गाउँलेले भनेको सुनेकी थिएँ ।

मिति २०७७।०१।१७ गते राति ८ बजे समेत निजले अन्य २ जना साथीहरुलाई ल्याई मेरो घननजिकै आएको मौकामा मेरो बुवाआमाले थाहा पाई वडा अध्यक्ष प्रतिवादी डम्बरबहादुर मल्ल, विनोद मल्ललाई समेत खबर गरी निजलाई गाउँलेहरु भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई बुझाई छोडेका थिए । मेरो घरमा आई बस्ने गरेको थिएन, मैले मृतक नवराज विकलाई फेसबुकमा ब्लक गरेदेखि निजसँग कुनै कुरा भएन, मेरो भाइको मोबाइलबाट म्यासेजमा कुराकानी भएको थियो, वारदातको दिन नवराज विकले केटाहरु ल्याएर आउँदै छन् भन्ने कुरा मलाई थाहा थिएन, मेरो बहिनी नाता पार्ने सुस्मा मल्लसँग निज नवराज विकले लकडाउन खुलेपछि मलाई लिन केटाहरु लिएर आउँछु भनेर भनेको रहेछ ।

सो कुरा निज बहिनीले मेरो आमालाई भनेकी रहेछ, सो कुरा आमाले मलाई मिति २०७७।०२।१-२ गतेतिर भनेपछि मात्र थाहा पाएकी थिएं, मिति २०७७।०२।१० गतेको दिन म घर कोठामा टिभी हेरिरहेकी थिए, मेरो घर नजिक नवराज विकसमेतका केटाहरु आएको अवस्थामा मेरो आमाले गाली गरी पठाउनु भएको रहेछ, सो कुरा आमाले मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरु भेला जम्मा भएका थिए तर मैले केटाहरुलाई देखिनँ, म घटनास्थलमा गएकी छैन, सो दिनको दिउँसो के कसो भयो मलाई थाहा छैन ।

सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरु भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलिपल्ट साथीहरुसँग फेसबुकमा कुराकानी हुँदा नवराज विकको मृत्यु भएको सुनेँ । पछि बुझ्दा मेरो बुवा, दाइसमेतले नवराज विकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याई ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।