गृह मन्त्रालयद्वारा सबै प्रकारका अस्थायी सवारी पास खारेज

काठमाडौँ, १ असार । गृह मन्त्रालयले लकडाउन घोषणापछि जारी गरिएका सबै किसिमका अस्थायी सवारी पास खारेज गरेको छ ।

जिल्लाभित्र आवागमन गर्न जारी गरिएका दुईपांग्रे र चारपांग्रे निजी सवारी साधनका पास खारेज गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिनुभयो । जोर बिजोर प्रणाली लागू भएपछि अस्थायी सवारी पास खारेज गरिएको अधिकारीले बताउनु भयो  । सोमबार नै गृह मन्त्रालयले निर्णय कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

सरकारले लकडाउन खुकुलो गरेसँगै जोर बिजोर प्रणालीमा निजी सवारी साधन चल्न दिएको छ । उपत्यकाका तीन जिल्ला बाहेक अन्य जिल्लामा भने ओहोरदोहोर गर्न प्रतिबन्ध कायम नै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा