राष्ट्रियसभामा ४ विधेयक टेबुल

काठमाडौँ, १ असार । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक टेबुल भएको छ ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’, ‘ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक, २०७७’ र ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७’ टेबुल गरेका हुन् । बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमध्ये ११ मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुँदैछ । आज कानून, न्याय तथा संसदीय मामिला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रायलयअन्तर्गत विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

यसैगरी युवा तथा खेलकूद, अर्थ, सञ्चार तथा सूचना प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र वन तथा वातावरण मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

सिन्धुपाल्चोक, ७ वैशाख । दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीको धारावतीमा दुर्घटना

काठमाडौँ, ७ वैशाख । नेपाली सेनाले ठुलो सङ्ख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले