सरिता गिरीको सांसद पद निलम्वन हुने

काठमाडौँ, १ असार । जनता समाजवादी पार्टी (जसपा)ले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ ।

नेपालको गुमेको भूमि लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहित समेटेर सरकारले ल्याएको नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टी एक नेताले बताउनुभयो । गिरीले पार्टीको ह्वीप नमानेकाले स्वतः कारवाहीमा परेको ती नेताले बताउनुभएको छ । पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुनुहुन्छ ।

पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा। बाबुराम भट्टराई गोरखामा भएकाले दुबै नेता काठमाडौँ फर्कनासाथ पार्टीको साधाराण सदस्याट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकारी संसदलाई गराइने स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक