प्रधानमन्त्री केपी ओलीलाई ‘व्याङ्गात्मक’ खुल्ला पत्र

सम्माननिय प्रधानमन्त्री ज्यू,
नेपाल सरकार

कुशल छु, कुशलताको कामना गर्दछु । यो कोरोनाले अस्तव्यस्त भएको विश्वमा हामी यो महामारीबाट सामाजिक दुरी खानपिनबाट वचन सकौ नसके मर्न सकौ भगवान संग यही प्रथना गर्दछु ।

आज किन किन तपाईं प्रति घृणा जागेको छ धेरै आशा थियो तपाईबाट कमसेकम दुई-चार वटा नदि केही भुभाग बेचेर भएपनि देशको अर्थतन्त्र बलियो बनाउनु हुनेछ तर अपसोच तपाईंले बेच्नु भएन बरु प्रधानमन्त्री स्वरोजगार कृषिमा अनुदान, तुईन व्यवस्थापन, फास्टट्रयाक, विमानस्थल जस्ता कार्यक्रम ल्याई हामीलाई बाध्यताबस यो धुलोमाटोमा काम गराउन लाग्नुभयो ।

तपाई प्रधानमन्त्री भएदेखि खै किन हो तपाईंले गरेको काम प्रति म सन्तुष्ट छैन म जस्तै धेरै असन्तुष्ट हुनुन्छ । तपाईंले वाहियात पार्टी एकता गर्नुभयो । कमरेड प्रचण्ड हजुर दुई अनि वामदेव नारायण काजी कमरेडहरुले गर्दा यो देशको कयौं प्रधानमन्त्री मन्त्री हुने र सयौं मन्त्री अनि हजारौं सचिव सल्लाहकार हुने रहर इच्छा र आकाक्षां प्रति सिधै अन्याय मात्रै होइन उहाँहरुको भविष्यको सवाल र आर्थिक उन्नयनलाई नै कुठाराघात गर्नुभएको छ । हुनै सक्दैन प्रधानमन्त्री ज्यु, तपाईंको यो व्यवहार म लगाएत म जस्तै धेरैजसोलाई पचेको छैन मैले विरोध गर्छु गर्छु जबसम्म तपाई प्रधानमन्त्री हुनुहुनेछ ।

प्रधानमन्त्री ज्यू, तपाईले थप कैयौँ सांसदको प्रधानमन्त्री र मन्त्री हुने मानवाधिकार हनन गर्नुभएको छ पूरै पाँच वर्ष प्रधानमन्त्री बन्छु भनिरहँदा त झन् यस्तो आगो बलेको छ कि शब्दमा वयान गर्न सक्दैनौं । समग्रमा भन्नुपर्दा तपाईँले यो पाँच वर्षे अवधिमा दशजना प्रधानमन्त्री र प्रत्येक प्रधानमन्त्रीका पालामा बन्ने नयाँ नयाँ २५ जना गरी जम्माजम्मी २५० जना मन्त्री बन्नेहरूको नैसर्गिक हक हनन गर्नु भई तपाईँले गम्भीर अपराध गर्नु भएको छ १ तपाईको यो अपराध अब हामी सहने वाला छैनौँ १ तपाईंको बकबकले देशले दुख पायो उखान टुक्काले हामीले दुख पायौ तपाईं सग कुटनिति एक रत्तिभर रहेनछ । राजा जनकको पालादेखिको हाम्रो र भारतको सम्बन्धमा तपाईंको कारणले मन मुटाव भैरहेको छ ।

किन उफ्रिनु हुन्छ तपाई कहिले नाकाबन्दीका विरुद्ध कहिले कालापानी लिपुलेकका विरुद्ध ? नाकाबन्दी लगायो त के भएको थियो र हामीलाई अनि आज जाबो एउटा धर्सो डाडो लिपुलेक कालापानी हड्पेर हाम्रो के नापिन्छ र ? नहुने नहुने काममा नलाग्नुस यो देश तपाईंको पेवा हो ? जाबो एक टुक्रा जमिनका लागि छिमेकी संग जुझ्न हुन्छ ? कस्तो विवेक नभएको मान्छे हो तपाईं ?

कोरोनाले अस्त व्यस्त भएको विश्वमा तपाईंले फटाफट राहत उद्दार क्वारेन्टाइन आइसोलेसन मेडिसिन कीट मास्क सेनिटाइजर अझै फ्रिमा RDT PCR गर्ने तपाईं कस्तो खाले प्रधानमन्त्री हुनुन्छ ? २/४ हजार मान्छे त हरेक देशमा मरेका छन् । यहाँ मरिहाले तपाईंले के टाउको खोरिन र नुन छोड्न पर्थ्यो र ? तपाईं धेरै जान्ने बन्दा १० अर्व खर्च भएको छ १० अर्व फ्रिमा आउछ ? चुपचाप ८/१० वटा शव वाहन खरिद गरेको भए हुन्थेन ? बरु काज किरियामा लाग्ने खर्च राहतस्वरूप दिएपनि त हुन्थ्यो नि वाइयादका तपाईका कृयाकलापले गर्दा आज आन्दोलन गर्नु परेको छ म अनि हामी सबैलाई ।

तपाईंले पहिलो गल्ती नकाबन्दीको विरोधबाट गरेका गल्ती लगभग दुइतिहाइ जनमत हुदै पटक पटक प्रधानमन्त्री हुने मनमा ठेस मन्त्री सल्लाहकार योजना परियोजनाका हाकिम हुने मन भएकाहरु माथि ठेस मात्रै होइन कालापानी लिपुलेकको धर्सो चुच्चो सम्म गर्दै हुनुन्छ ।

मेरो आग्रह छ, अनुरोध छ, प्रधानमन्त्री ज्यू, तपाई यस्ता विकृति मनबाट निकाल्नुस समृद्धिका गफ नदिनुस् । चाहिदैन हामीलाई चुच्चे रेल, चाहिदैन हामीलाई चुच्चे लिपुलेक । हामीलाई त ९ महिनामा अन्तरालमा फेरिने प्रधानमन्त्री मन्त्री सचिव सल्लाहकार अधिकृतहरु चाहिन्छ । तसर्थ प्रधानमन्त्री ज्यू, अब चुप लाग्नुस बेसार खानुस बस्नुस हामीलाई पाउरोटी खान दिनुस् ।

मलाई तपाईं जस्तो बन्नु छैन मलाई मेरो देशको बारेमा सोच्न दिनुस् । किनभने मलाई राजनीति गर्नुछ, भविष्यमा जातपात भेगका, लिङ्गका मत लिदै फुटाउ र राजगरको नीति अनुसार मन्त्री बन्ने रहर छ । मलाई हामीलाई कसैलाई पनि तपाईंको यो तवर मन परेको छैन । अझै तपाई धेरै ठूलो कुरा गर्नु हुँदैछ विगतका प्रधानमन्त्रीहरुले सुटुक्क रातारात अमेरिका जस्तो विश्वको शक्तिशाली राष्ट्रसँग MCC जस्तो आर्थिक सम्पन्नका लागि ल्याएको कुरामा तपाई किन अबुझ बन्दै हुनुन्छ । शेरबहादर देउवा जस्तो व्यक्तीले के यो देशको अहित चाहनु भएको होला रु ५५ अर्व रकम नेपाल आयो भने दुई चार सय अमेरिकी सेना आएर के हुन्छ नेपालमा ? आखिर पैसा पनि त आउँछ । नेपालीहरु काम नगरीकन बसि बसि खान चाहन्छौं । हामीलाई भैंसी पाल्नु छैन, बाख्रा पाल्नु छैन, खेतमा त मरे जानू छैन, त्यो हिलो धुलोमा मैलो हुनु छैन, खुरुखुरु भनेको मान्नुस राष्ट्रघाती होस या आत्मघाती सम्झौतामा होस् हस्ताक्षर गर्न तपाईंको के जान्छ र ? हिजो कोशी मेची बेचेकै हुन, कलकारखाना निजीकरण भनेर सकेकै हुन महाकालीमा भने हजुरले पनि अलिकति विवेक पुर्‍याउनु भएकै हो । आखिर के भयो त कमसेकम ४० लाख युवाहरु आज खाडीमा घुम्न मोज गर्न पाएकै छन, त टन्न रेमिट्यान्स पठाएकै छन, तपाईं लगाएत सम्पूर्ण तिनै तहकालाई गाडी मोटर प्रतिपक्षकालाई अथवा सभासदहरुलाई मोज भएको छ त ।

त्यसैले अब यो MCC पनि पास गर्नुस् हामी विरोध गर्दैनौं । यदि पास भएन भने टायर जुलुस गर्न आउँछ हामीलाई प्रधानमन्त्री ज्यू । देशैभरी MCC लागू गर लागू गर ५५ अर्व चाहिन्छ चाहिन्छ भनेर नारा गर्नेछौं ।

तपाईंका हरेक काम हेरेका छौ । आशा छ, तपाईंको यस्तै यस्तै कामको हमेशा विरोध गर्न पाउँ माइतीघर मण्डला तिर तपाईं विरुद्ध प्रदशन गर्न पाउँ, यही चाहना छ । यसो भ्रष्टाचारीहरुलाई पनि साथ दिदै गर्नुहोला । पटकपटक पार्टी फेर्नेहरुलाई माया गर्नुहोला । सरिता गिरि दिदी जस्ति चेलीबेटी बुहारीलाई सम्मान पत्र दिनुहोला भारतीय दुतावास तिर जानुहोला किनभने हामीलाई केवल तपाईंको विरोधमा खटिने मौका मिलोस ।

केपी ओली विरुद्धको अभियानको अभियन्ता
रेशम चन्द
मधुवन ५ बर्दिया

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

विराटनगर, ३ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण र

वुटवल, ३ असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीका विरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । आज संविधान

काठमाडौँ, ३ असोज । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कुलमान घिसिङले आफ्नो पक्षमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति