फुट्सलको शिलान्यास-‘भक्तपुरमा विकासको स्वर्णयुग शुरु भयो’ : सांसद बस्नेत

भक्तपुर, १ असार । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सूर्यविनायक नगरपालिका र सांसद विकास कोषको संयुक्त लगानीमा विनियोजित रु ४० लाखको लागतमा नगरपालिकाको वडा नं. १ सिरुटारको पात्लेटार मैत्री भवनसंगै फुट्सल निर्माणको शिलान्यास भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उक्त फुट्सलको आइतवार शिलान्यास गर्नुभएको हो । फुट्सलको शिलान्यास कार्यक्रममा संक्षिप्त रुपमा आफ्नो धारणा राख्दै उहाँले भक्तपुरमा खानेपानी, सडक, स्मार्ट सिटीलगायतका साना तथा ठूला आयोजनाको लागि करिव चार अर्व बरावरको चार सय हाराहारिका केन्द्रीय योजनाहरु भक्तपुरमा पार्न सफल भएको उल्लेख गर्दै वर्तमान समयमा भक्तपुरको विकासको स्वर्णयुग शुरु भएको बताउनुभयो ।

कोरोना भाइरस (कोभिड–१९)को कारण नेपालमा डामाडोल हुँदै गएको अर्थतन्त्र तथा जनजीवन सामान्य बनाउन लकडाउनलाई सरकारले केही केही खुकुलो बनाएको जानकारी गराउँदै उहाँले लामो दुरीका यातायात सञ्चालनमा रोक तथा उपत्यका भित्र र वाहिरिन पूर्ण रुपमा बन्देज लगाएको बताउनुभयो । उहाँले आगामी दिनमा विकासका आयोजनालाई अघि बढाउँदा कोरोना संक्रमणको जोखिमलाई विशेष ध्यान दिई सावधानी तथा सतर्कतापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

क्षेत्र विकास कार्यक्रमलाई कतिपयले विवाद्मा ल्याउने प्रयास गरेको तर त्यो विवादीत नभई पारदर्शी तथा प्रभावकारी भएको उल्लेख गर्दै उहाँले उक्त कार्यक्रममा आर्थिक अपचलन हुने आधार नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सांसदले झोलामा ल्याएर बाड्ने हैन, प्रकृयागत रुपमा तीन तहका जनप्रतिनिधिबीचको सहकार्यमा गरि योजना बनाई नगरपालिकामा गई गरिने विकास नै क्षेत्र विकास पूर्वाधार कार्यक्रम हो । त्यसैले यसको बारेमा कसले के भन्छ, कसले के लेख्छ ? भन्ने भन्दा पनि वास्तविकतामा के हो ? र प्रावधान के के छन् ? भनि वुझ्न आवश्यक छ । त्यसैले यस्ता बजारमा आउने अनावश्यक भ्रममा नपर्न सवैलाई आग्रह गर्दछु ।’

क्षेत्र विकास कार्यक्रम पारदर्शी छैन भन्ने केही मिडियाहरुले योजनाबद्ध बनाइएको भ्रम मात्र भएको उल्लेख गर्दै उहाँले विग हाउसका मिडियाहरुले भक्तपुरमा आएर उक्त आयोजनामा भएका विकासका कार्यहरुलाई हेर्न आग्रह गर्दै क्षेत्र विकास पूर्वाधार कार्यक्रम के हो ? भनि स्पष्ट हुने आधार तथा प्रमाणहरु समेत भक्तपुरमा शतप्रतिशत रहेको बताउनुभयो । उहाँले पूर्वाधार कार्यक्रमले नै भक्तपुरको मध्यपुर थिमी तथा सूर्यविनायकको मुहार फर्ने मेरुदण्डको रुपमा रहेको उदाहरणसहित प्रस्तुत गर्नुभयो ।

प्रेम सुवालले हिजो संसदको बैठकमा उक्त कार्यक्रमको विरुद्धमा दिएको अभिव्यक्ति प्रति लक्षीत गर्दै उहाँले भक्तपुरमा भएको विकासले प्रतिपक्षी केही नेतालाई पोलेको बताउनुभयो । भक्तपुरको विकास अब कसैले कहाँ गएर विरोध गर्दैमा नरोकिने स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘भक्तपुरमा विकास हुन्छ, हुन्छ, हुन्छ । कसैले रोकेर रोकिन्न, छेकेर छेकिन्न । विकास भएन भने चिन्ता नगर्नुस्, योजना ल्याउनुस्, बजेटको व्यवस्थापन म गर्छु । कुनै काम गर्दा समस्या आए समाधान गर्ने हो तर वर्तमान समयमा निरासा, कुण्ठा बोकेर हिड्न आवश्यक छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । इन्फिनिक्सले हालसालै नयाँ नोट ७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको

काठमाडौँ, ५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले बढेर

वीरगन्ज, ५ असोज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा

काठमाडौँ, ५ असोज । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको  छ । Exchange Rate