कतारबाट फर्कनेको सूची सार्वजनिक, पहिलाे चरणमा ४ उडान हुने

काठमाडौँ, १ असार । कतारको दोहास्थित नेपाली दूतावासले कतारमा समस्यामा परेर तत्काल स्वदेश फर्किनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ । प्राथमिकतामा परेका र कम्पनीले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण टिपाएका गरी कुल छ हजार ७७ जनाको विवरण दूतावासले सार्वजनिक गरेको हो ।

दूतावासका अनुसार विभिन्न कारणले समस्यामा परेका पाँच हजार ११२ जना प्राथमिकतामा परेका छन् भने ९६५ जनाको स्वदेश फिर्तीका लागि कम्पनीले नै दूतावासमा विवरण टपाएका छन् । कम्पनीले नै स्वदेश फर्काइदिने नेपालीको कम्पनीले नै टिकटको व्यवस्था गरिदिने छन् भने अन्य विभिन्न कारणले समस्यामा परेका र कम्पनीले पनि टिकट नदिएमा नेपाली आफैँले टिकट लिनुपर्नेछ ।

कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो चरणमा चारवटा उडान हुनेछन् तर दूतावासले अहिले सार्वजनिक गरेको सूचीअनुसार पहिलो चरणमा सबै नेपाली फर्कन पाउने छैनन् । दूतावासले उनीहरूबाट पनि प्राथमिकता छुट्याएर पहिलो चरणमा प्राथमिकतामा परेका नेपालीको सूची फेरि सार्वजनिक गर्ने या व्यक्तिगत रूपमै सम्पर्क गरेर जानकारी गराउने जनाएको छ ।

कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो चरणमा चार उडान हुने भएको छ । जुन १६ र २० मा नेपाल एयरलाइन्सले र जुन १७ र २० मा हिमालय एयरलाइन्सले उडान भर्नेछन् तर कुनै प्राविधिक समस्या भएमा उडानको मिति हेरफेर हुनसक्ने दूतावासले जनाएको छ । याे समाचार आजको गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । विश्वकै नम्बर १ डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरण ‘डान्सिङ विथ दि स्टार्स

काठमाडौँ, २९ भदौ । ५ दिन अगाडि मनालीबाट मुम्बई आएकी बलिउड नायिका कंगना रनावत फेरि आज आफ्नै घर मनाली फर्किएकी

काठमाडौँ, २९ भदौ । नायिका नीता ढुंगाना आज आफ्नो जन्मदिन मनाउँदैछिन् । हेटौडामा जन्मिएकी नायिका ढुंगाना चलचित्र ‘मितिनी’ मार्फत बालकलाकारको रुपमा

काठमाडौँ, २९ भदौ । नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा