अपुताली सम्पत्ति लिन नाताकै हकवाला हुनु नपर्ने

काठमाडौँ, १ असार । सर्वोच्च अदालतले अपुतालीको सम्पत्ति उपभोग गर्न परिवार वा नातावाल नै हुनु नपर्ने भनी व्याख्या गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयाँलको इजलासले ३ पुस २०७६ मा गरेको अंश विवादसम्बन्धी मुद्दामा फैसला गर्दै यस्तो नजिर कायम गरेको हो ।

नवलपरासीका नारायण थारू, इन्द्रकुमारी देवी र हरेन्द्रकुमार चौधरीको अंश मुद्दामा सर्वोच्चले गरेको यो फैसलापछि अब अपुताली उसको पालन पोषण गर्ने नाताबाहिरको व्यक्तिले पनि पाउन सक्ने भएको छ ।

‘अपुताली पर्दा मर्नेको लोग्ने, स्वास्नी, छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली पाउँदैन । त्यस्ता कोही नभए छोरीले अपुताली पाउँछे,’ सर्वोच्चको पूर्णपाठमा भनिएको छ, ‘छोरीहरूमध्ये कोही कन्या र कोही विवाह भएकी वा पोइल गएकी भए प्रत्येक कन्या छोरीले दुई खण्ड र प्रत्येक विवाह भएकी वा पोइल गएकी छोरीले एक खण्डको हिसाबले अपुताली पाउँछ । छोरी नभए सँगै बसेका हकवाला भए त्यस्ता हकवालाले र त्यस्ता हकवाला नभए अरू हकवालाले अपुताली पाउँछ ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ४ असोज । स्पेनिस क्लब बार्सिलोनाले जोआन गाम्पर ट्रफीको उपाधि जितेको छ । प्रि-सिजनको खेलअन्तर्गत शनिबार राति भएको खेलमा

काठमाडौँ, ४ असोज । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ ।

काठमाडौँ, ३ असोज । इन्डियन प्रिमियर लिग ९आईपीएल० को १३ औँ संस्करण आजबाट यूएईमा शुरु हुँदैछ । अघिल्लो संस्करणको विजेता

काठमाडौँ, २ असोज । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले अब आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन्