जहाँ समस्या, त्यही समाधान खोज्दै सांसद पहारी

पोखरा, ३२ जेठ । पोखरा महानगरपालिका वडा नं २३ को सम्पूर्ण विकास निर्माण कार्यको अनुगमन गर्न गठीत उच्चस्तरीय समितिले वडाको समग्र विकासका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य तथा गण्डकी प्रदेशका सांसद राजीव पहारीसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा खहरे खोलामा निर्माण हुन लागेको पुल अत्यन्त ढिला भएकाले आफ्नो गम्भीर ध्यानआकर्षण भएको सांसद राजीव बताउनुभयो । वडा समिति, पोखरा महानगर र गण्डकी प्रदेश सरकार मार्फत सञ्चालीत योजनाहरुमध्ये खहरे खोला मोटरेवल पुल, अधेरी खोला तथा हर्पन खोलामा निर्मित सेल्टेसन ड्याम, बाम्दी घडेरी मोटरवाटो, बस्ती संरक्षण, चक्लावन्दी विकास कार्यक्रम, लगायतका अन्य योजनाहरुमा यहि आर्थीक वर्ष २०७६/७७ मा मात्रै ६० करोड भन्दा बढि विनियोजन गरी विकास निर्माण भैरहेकाले सांसद पहारीले वताउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष बिष्णु प्रसाद पराजुलीले वडाको समग्र विकासका लागि वार्षिक योजना र पञ्चवर्षिय योजना निर्माण गरी प्रथामीकीकरण गरी लागू गरिने वताउनुभयो । साथै उहाँले खहरे तथा हर्पन खोलाको खोलाघर छुट्याई दुवै खोलाहरुको उचित ब्यवस्थापन र अन्य स्थानीय श्रोत र साधनको उच्चतम प्रयोग गर्न महानगर सङ्ग समन्वय गर्ने वताउनुभयो ।

कार्यक्रममा समितिका सदस्यहरु चेत बहादु क्षेत्री, रामकाजी गुरुङ्ग, प्रेमराज भण्डारी, भानु पराजुली, गिता विक, भक्त बहादुर गुरुङ्गले आफ्ना विचारहरु ब्यक्त गर्नु भएको थियो । कार्यक्रमा नेकपा कास्कीका सचिवालय सदस्य दाम बहादुर विक, पृथ्वीनारायण क्याम्पसका उप प्राध्यापक बिष्णुप्रसाद भण्डारीले पनि आफ्ना भनाइहरु राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको पार्टीको आदिवासी जनजाति विभागमा सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।