रुकुम घटनामा संलग्न ३४ जनाविरुद्ध ४ वटा कसुरमा मुद्धा दर्ता

रुकुम, ३२ जेठ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनाको सन्दर्भमा आज रुकुम जिल्ला अदालत रुकुम पश्चिममा ३४ जना विरुद्ध चारवटा मुद्धा दर्ता गरिएको छ ।

जिल्ला प्रहरी कार्यालले घटनाको अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमार्फत आइतवार उक्त घटनामा संलग्न भनिएका ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभाव कसुरमा अभियोग दर्ता गरिएको छ भने एक जनालाई उक्त कसुरको मतियार अभियोग लगाइएको छ ।

घटनामा संलग्न भनिएका र अभियोग दर्ता गरिएकामध्ये २९ जना पक्राउ परिसकेका छन् । अन्य ५ जना फरार रहेका छन् । आज अभियोग दर्ताको काम मात्रै भएको र भोलीदेखि बयानको काम शुरु हुने श्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । उक्त घटनामा मुद्दा दर्ता भएका २ जना बालबालिकासमेत छन् ।

घटनामा प्रतिवादी वडाअध्यक्ष डम्मरबहादुर मल्लसहित भगाएर लिन खोजिएकी १७ वर्षीया किशोरी, उनका आफन्त र स्थानीयबासी छन् । उनीहरुलाई जन्म कैददेखि आजीवन सजायसम्मको माग गरिएको छ ।

सोतीका स्थानीयको आक्रमणका क्रममा केटी भगाउन भनेर जाजरकोटबाट चौरजहारीको सोती आएका भेरी नगरपालिकाका नवराज विकसहित ६ युवकले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

shankar-pokharel

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुलुकलाई समृद्ध बनाउने महत्वपूर्ण योजना अन्तर रेलमार्गको

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग विस्तार गर्नुभएको छ । सभापति

ताप्लेजुङ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विभिन्न पार्टी परित्याग गरी १ सय ७१ जना नेपाल कम्युनिष्ट पार्टी

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ । बिनअक्सीजन १०