नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौँ, ३२ जेठ । एमसीसीबारे निर्णय गर्न बोलाइएको सत्तारुढ नेकपाको केन्द्रीय सचिवाय समितिको बैठक अकस्मात स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बोलाइएको बैठक तोकिएको समयभन्दा एक घण्टाअघि स्थगित भएको हो ।

नेकपाका महासचिव विष्णु पौडेलले आकस्मिक काम परेकाले बैठक स्थगित भएको बताए । आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा.युवराज खतिवडालाई पनि आमन्त्रण गरिएको थियो ।

नेकपामा एमसीसीको विवाद पेचिलो बन्दै गएको बेला बैठक दोस्रो पटक स्थगित भएको हो । दुवै अध्यक्षबीच छलफल पछिमात्र अब बैठकको मिति तय हुने स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, १६ चैत । प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान प्रभावित भएको छ । मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले