राष्ट्र बैंकले उठायो १ खर्ब ७५ अर्ब रूपैयाँ आन्तरिक ऋण

काठमाडौँ, ३२ जेठ । चालु आर्थिक वर्ष २०७६/७७ मा उठाउनु पर्ने आन्तरिक ऋणमध्ये १ खर्ब ७५ रुपैयाँ नेपाल राष्ट्र बैङ्कले उठाएको छ ।

ट्रेजरी विल तथा विकास ऋणपत्रमार्फत राष्ट्र जेठ मसान्तसम्म एक् खर्ब ७५ अर्ब आन्तरिक ऋण उठाएको हो । ट्रेजरीमार्फत ७५ अर्ब रुपैयाँ र विकास ऋण पत्र एक खर्ब रुपैयाँ उठेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा एक खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट जुटाउने बताएको थियो । यद्यपि, यसलाईै पछि संशोधन गरेर १९३ अर्ब बनाएको छ ।

अब उठाउनु पर्ने करिब १८ अर्ब रुपैयाँ मध्ये १५ अर्ब रुपैयाँ ट्रेजरी विलमार्फत उठाउने प्रवक्ता भट्टले बताए । बाँकी रकम भने नागरिक बचतबाट उठाउने राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय