दुनियाँलाई व्युँझाउने गरी प्रम ओलीको स्पष्टिकरणपछि पुनः आन्दोलन किन ?

मनकुमारी जिसी

स्वाभिमानपूर्ण निर्णयको सम्मान गर्ने बेला यति बेला सरकारको विरोधमा प्रदर्शन गर्दा यस्तो विरोधको उत्पत्ति कसरी भयो ? त्यस्को असर कसरी पर्छ ? यतिबेला कोभिड १९ विश्वभरमा ४ लाख २३ हजार मृत्यु नेपालमा ४६१४ जना कोरोना सङ्क्रमित १५ जनाले ज्यान गुमाउँदा मृतक सबलाई अन्तिम दाहसंस्कार गर्न कुन समस्या छ ? छिमेकि भारतमा ८ हजार ५०१ को मृत्यु भएको बेलायतमा नेपाली सहित ४१,३४६ जनाको मृत्यु त्यस्तै धेरै मुलुकका दुखद खबरले कति मर्माहित छौं ।

यो बिश्वकै दु:खको समयमा छौं । आज यस्तो कहालि लाग्दो अवस्थामा जिउँदाको जन्ती मर्दाको मलामी भन्ने हाम्रो मानवतालाई समेत लगाम लगाएर अत्यावश्यक बाहेक नजाने गरि बस्नु परेको अवस्थामा बन्दाबन्दिको नियम उलंघन गरेर सडकमा प्रदर्शनमा उत्रीदा परिस्थिति भडकाउन सक्छन् ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युले संसदमा प्रतिबद्धता जनाई सक्नु भएको छ । जनताले हिसाब किताब पाउँछन् तर आजको आजै भन्दा पनि हामी गर्छौं । स्वतस्फूर्त भनिएको प्रदर्शनमा अनौठो लाग्नु मात्र होईन अस्वभाविक र कोरोनाको संङ्कर्मण फैलियो भने सबै भन्दा बढि पिर आमा बाबा परिवारका सदस्य, छरछिमेकी, राज्य र पूरा विश्वलाई नै हुन्छ ।

म एउटा संसदको हिसावले २ वर्ष सम्म वरोध विरोध गर्न जनताले सदनमा पठाए या कमि कमजोरी भए विरोध गर्न र सच्चाउन सुझाउने कार्य गर्दै राम्रा कामको समर्थन पनि गर्न पठाए भन्ने मा अलमल्ल परे जस्तो पनि भयो । हुनत यस्ता कुरा गर्ने होईन रे ! यो परम्परा हो । विरोध गर्नु धर्म हो । बिराेध गर्नु धर्म हाे यसरि नै जबाफ दिईरहेकाे पाईन्छ । तर राम्राे लाई राम्राे गलत लाई गलत त भन्नु पर्छ मलाई लाग्छ । अखिर पटकपट सम्माननीय प्रधानमन्त्रीले केपी ओलीले भन्नूभएको छ, ‘म भ्रष्टाचार पनि गर्दिन र कसैलाई भष्टचार पनि गर्न दिन्न ।’

यसरी दुनियाँलाई ब्युझाउने गरि भनिसके पछि अनियमितता तर्फ मात्रै केन्द्रित होला भन्ने पताउन गार्हो पर्छ । यदि अनियमितता भएको रहेछ भने पनि सत्यतथ्य बाहिर आउने छ । नेपाल कोभिड १८ सङ्क्रमणको हिसाबले पुर्व सुरक्षा अपनाउने देश र समयमै लकडाउन बिधि र नेपाली जनताको धैर्यताले गर्दा सफलता मिलेको छैन । अनियमितता भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाउँछ नै । यति बेला बाचौ र बचाउँ भन्ने हो ।

प्रतिनिधिसभा सदस्य

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

एजेन्सी, १४ चैत । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलबार भएको हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु