आफ्नो कमजोरी लुकाउन खोज्नेले नक्सा जारी गर्नु ठूलो कुरा होइन भन्दैछन्ः मन्त्री अर्याल

काठमाडौँ, २९ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जमिन ल्याउन नक्सा जारी गर्ने कुरा ठूलो कुरा होइन भनेर भन्नु विगतको आफ्नो कमजोरी लुकाउन खोज्नु मात्र भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका काम कारवाही र हालसालै नेपाल सरकारले जारी गरेको नेपालको नक्सा सम्बन्धमा आयोजना गरेको बैठकमा बोल्दै मन्त्री अर्यालले सरकारले नक्सा जारी गरेसँगै अब भूमि फिर्ता ल्याउनुपर्ने अवस्था रहेको बताउनुभयो । सबै तथ्य प्रमाणहरु नेपालको पक्षमा रहेको भन्दै उहाँले वार्तामा बसिरहदा नेपालका विपक्षमा आउनसक्ने विषयहरुको नेगेटिभ लिस्ट बनाएर त्यसलाई काट्ने दस्ताबेजहरुको तयारी पनि गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपालको कुटनीतिक सम्बन्धहरु छिमेकी मुलुकहरुसँग समदूरीको नै रहने बताउनुभएको छ । सबै छिमेकीसँग समान सम्बन्ध रहने र कसैलाई पाखा र कसैलाई पाखाको व्यवहार नगरिने बताउनु भयो । मन्त्री अर्यालले भन्नुभयो, ‘हाम्रा कुटनीतिक सम्बन्धहरु हाम्रा छिमेकीहरुसँग समदूरीको नै रहन्छ । कसैसँग काखाको कसैसँग पाखाको हुदैन । जो सीमासँग जोडिएका विषयहरु हुन्छन् । उत्तरदक्षिण दुवैतिर सरकारले समान ढंगले नै हेर्छ ।’

विगतका शासकहरु चुकेको त्यस्तो कुनै प्रमाण नभएको मन्त्री अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म खोजी र अनुसन्धान गर्दा लिखित रुपमा हाम्रा पूर्व शासकहरु चुकेको प्रमाण हामीले भेटाएका छैनौ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर ९१

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा