स्वदेश फर्किन चाहनेलाई कुन होटलमा कति लाग्छ खर्च ? (सूचीसहित)

काठमाडौँ, २९ जेठ । सरकारले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किन चाहनेलाई आउन दिने निर्णयसँगै नेपालमा क्वारेन्टिनमा बस्नको लागि होटलहरु समेत तयार गरिएका छन् ।

सरकारले ‘पेड–क्वारेन्टाइन’ स्वरुप होटलमा बस्ने व्यवस्था गरेको हो । यसका लागि होटल एशोसिएसन अफ नेपालसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४७ वटा होटलको सूची सार्वजनिक गरिसकेको छ ।

जसअनुसार ३ वटा चारतारे, ९ वटा तीनतारे, दुईवटा दुईतार, एउटा एकतारे डिलक्स होटल, ५ वटा एकतारे र २७ वटा पर्यटक स्तरका होटलहरु छन् । एउटा होटल पर्यटक स्तरको भए पनि चारतारे होटलको सुविधा समेत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सरकारले विदेशबाट आएका नागरिकलाई आफ्नै जहाज खर्च र आफ्नै क्वारेनिटन खर्चमा ‘उद्दार’ गर्न लागेको हो । तर त्यसरी तिरेर बस्न नसक्ने तर स्वदेश फर्किन चाहनेलाई जहाज खर्च तिराएर साधारण क्वारेन्टिनमा राख्नसक्ने व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धामा गएपछि प्राप्त परिणाम स्वीकार नगर्ने छुट नभएको बताएका छन् । आज

काठमाडौँ, ५ जेठ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको प्रतिनिधिको थलो संसद् अब बन्धक बन्न नसक्ने स्पष्ट पारेका छन् । आज

काठमाडौँ, ५ जेठ । संसद् बैठकमा रहेको अवरोध अन्त्य गर्न शीर्ष राजनीतिक तहमा आज पनि छलफल भएको छ । आज

काठमाडौँ, ५ जेठ । नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने पार्टी