प्रतिलिपि अधिकार विधेयक स्वीकृत

काठमाडौँ, २९ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराई राष्ट्रियसभामा प्रस्तुत गर्नुभएको ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ सर्वसम्मतिले स्वीकृत भएको छ ।

आजको बैठकमा सो विधेयकमाथिको छलफलमा सांसदले उठाएका जिज्ञासाका जवाफमा संस्कृतिमन्त्री भट्टराईले कला, साहित्य र सिर्जना तथा स्रष्टाको अधिकार संरक्षण गर्ने ध्येयका साथ सरकारले तत्कालीन ‘प्रतिलिपि अधिकार ऐन’ माथि संशोधन गर्न विधेयक ल्याएको स्पष्ट गर्नुभयो ।

सांसद रामनारायण विडारी, प्रकाश पन्त, कोमल वली र वेदुराम भुसालले उक्त विधेयकमाथिको छलपलमा भाग लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नवलपरासी पूर्व, ११ मंसिर । मध्यबिन्दु नगरपालिका-८ भागडा बस्ने तिलकराम योगी थारुको घरमा कौडा खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ

काठमाडौँ, ११ मंसिर । मोरङमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लेटाङ र रतुवामाई घर भएका दुई जना कोरोना

काठमाडौँ, ११ मंसिर । सडक विस्तारका क्रममा पोल सार्न बिना सूचना बत्ती जाँदा जुमका माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थी प्रभावित भएका

चितवन, ११ मंसिर । प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।