कोरोना, के भयो ? कहाँ चुक्यो ?

काशी रिमाल

कोरोना रोगको महामारी नेपालमा पनि आइपुगेकोछ । यो रोग नेपाल भित्रने सम्भावना देख्ने बित्तिकै सरकारले अनेकौ तयारी तथा रोगथामको प्रयत्न गरेर आज देश यो अवस्थामा छ । चिनको बुहानबाट सुरुभएको यो संक्रमण प्रवेश गर्ने पहिलो विरामी चिनबाट आएको भए पनि देशभरी फैलने संक्रमण भने तेश्रो देश र छिमेकी राष्ट्र भारतबाट आउनेमा पाईएको छ । संक्रमणलाई फैलन नदिन आउनेलाई रोक्ने, आउनेबाट समुदायमा जान रोक्ने र यसबाट जोगिन हरेक मानिसले के के गर्ने ? भनेर सावधानीका सुचना आम जनतासम्म पु-याउन सरकारले अनेकौ प्रयत्न गरेको छ ।

के के भयो ?

. पहिलो शंक्रमण देखिने बित्तिकै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा आइसोलेसन बेडको ब्यवस्था भयो,
. रोगको पहिचालको निमित्त सुरुमा विदेशमा पठाएर जाँच गर्ने अबस्थाबाट देश भित्रै जाच गर्ने ब्यवस्थाको प्रारम्भ,
. हल देशका १४ ठाँउका २० वटा पिसिआर मेशिनबाट दैनिक चारहजारको संख्यामा जाँचगर्नसक्ने ब्यवस्था,
. दैनिक दश हजारको जाँच क्षमता बिस्तारको निमित्त ब्यवस्था भइरहेको अवस्था,
. प्रारम्भमा हवाई मार्गबाट आउने सबै यात्रुहरुको तापक्रम नाप्ने र ज्वरो आएका ब्यक्तिहरुलाई अस्पताल लगेर स्वास्थ्य जाँचको ब्यवस्था,
. दोश्रोचरणमा देशको सिमानाकामा जमीनबाट आउने सबै यात्रुको तापक्रम लिने ब्यवस्था,
. चाइनाको बुहानमा फैलिएको संक्रमणका कारण बन्दी भएका विद्यार्थीहरुको उद्धारको निमित्त क्वारेन्टाइनको प्रबन्ध तथा उद्धारगरी १४ दिन सम्म एकान्तवासको ब्यवस्था,
. अन्तराष्टिय हवाई उडान बन्द,
. मोवाएल टेलिफोन, आम सन्चार लगायतबाट शंक्रमणको बारेमा आम जनतालाई शु-सुचित र सचेत गराउने ब्यवस्था,
. चैत्र ११ देखि देशका सबै सिमानाका बन्द तथा देशभित्र लकडाउन गरी अत्यावश्यक बाहेक सबै आतजावत तथा गतिविधीहरु बन्द,
. लकडाउनको कारण खान समश्या भएका सबैलाई खानपिनको ब्यबस्था गर्न राहत बितरणको ब्यवस्था,
. संक्रमणमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई कार्यक्षेत्रमा सुरक्षा प्रदान गर्न सुरक्षा सामाग्रीको दू्रत खरिद प्रक्रिया द्धारा खरिद गरी कार्यक्षेत्रमा उपलब्ध हुने ब्यवस्था,
. संका लाग्नेबित्तिकै र यात्राको इतिहाँस भएकाहरुको शंक्रमण जाँचको ब्यवस्था,
. विदेशबाट आउनेहरुको निमित्त देशब्यपी रुपमानै क्वारेन्टाइनको ब्यवस्था,
. संकास्पद लक्षण देखिनेबित्तिकै आइसोलेसनमा राख्ने र शंक्रमण देखिए उपचारको ब्यवस्था ।

चुक्यौ कहाँ ?

. संक्रमणको प्रकृति र यसबाट बच्न गर्नुपर्ने ब्यवस्थाको बारेमा स्थानिय निकायलाई बेलामा शु-सुचित गराउन नसकेको कारण क्वारेन्टाईनको समयमा ब्यबस्था हुनसकेन । बाहिर बाट आएको ब्यत्ति क्वारेन्टाईनमा बस्न किन आबश्यक छ भन्ने महत्व समाजले बुझ्न र बुझाउन सकिएन जसले गर्दा धेरैठाउमा सदुपयोग हुन सकेन ।

. क्वारेन्टाइन हरेक वडा स्तरमा निर्माण गरेर उपयोग गरेकोभए बस्नेले आफ्नै गाउँमा बस्दा ब्यक्ति र परिवारले सहज महशुस गर्ने थिए र सफल कार्यन्वयन हुने थियो । गाउँमा विद्यालय भवन वा सामाजिक भवनको कमी थिएन । नाकामा केन्द्रित क्वारेन्टाइन ब्यवस्थित र प्रभावकारी हुनसकेनन् ।

. लकडाउन र सिमा बन्द भएपछि सिमापारी अब्यवस्थित र कठिनतापूर्बक, शंक्रमणको जोखिममा बसेको समुहनै आज प्रभावितको ठुलो समुह देखिन्छ । कठिनाई पनि भोगे शंक्रमण पनि फैलियो । त्यहीबेला सिमाबाट सम्बन्धित वडासम्म सुरक्षाको उपाय सहित पु-याउन सकिएको वा ब्यववस्था गरेको भए दुबै समस्या कम हुने थियो की ?

. लकडाउन सुरुभएको बेलामा जो जहाँ पुगेको छ त्यही राख्न र बस्ने खाने लगायत आवश्यक प्रबन्ध गर्न सरकारले भनेको भए पनि त्यो कार्यन्वयन हुन सकेन र आवतजावत भईनैरहे । लकडाउनका कारण कुनैपनि जनतालाई खानपिनको कुनै समश्य नहोस भनेर सरकारले राहत बितरण गर्ने निर्णय ग-यो स्थानिय सरकार मार्फत वितरण गरिने राहत समस्यासंग नभइ भोटको राजनीतिसंग जोडिन पुग्यो । आवश्यक पर्नेले पाएन नपर्नेले छोडेन । समस्या हुनेहरु आफ्नो ब्यवस्था हुनसक्ने ठाउमा जान बाध्य भए । जसले आवत जावत बढायो ।

. लकडाउन पूर्णरुपमा कार्यन्वयन गर्न सरकारले सकेन । प्रहरी प्रशासन यात कमजोर भयो यात अब्यवहारिक । सत्ताका मान्छे, नेताका मान्छे, प्रशासनका मान्छे, प्रहरीका मान्छे मात्र हैन नवधनाढ्यदेखि टोले गुन्डा सम्मलाई लकडाउनले छेकेन, प्रहरीले हेरेन तर खाईराखेको औषधी सकिएर औषधी किन्न गएको मान्छे । अस्पतालमा अपरेसन गरेको बिरामी लाई रगत लिन गएको मान्छे, गर्भवती श्रीमतिलाई खानेकुरा सकिएर किन्न हिडेको मान्छेलाई लाठ्ठी हान्न पनि छोडेन ।

. कोरोना आतंकको नाममा सबै अस्पतालहरुले अन्य स्वास्थ्य समस्या भएका विरामीहरु नहेर्ने गरेका छन यसले धेरैको स्वास्थ्य संकटमा परिरहेको छ साथै सामाजिक आतंकको कारण मानसिक समस्या समेत बढिरहेकोछ ।

. संक्रमित ब्यक्ति दिबंगत  भएको खन्डमा अन्त्यष्ठीमा अपनाएको मार्गदर्शन नेपाली समाजको संस्कृति र परम्परा अनुकुल छैन । के संक्रमित शरिरलाई जलाउदा भाइरस हावामा फैलने हो र ? मृत शरिर गाड्ने संस्कृति भएको मुलुकमा बनाइएको गाइडलाइन जस्ताको तस्तै उल्था गरेर कार्यन्वयन गर्ने जस्तो कार्यले देशको संस्कृति अनुकुल बनाएर परम्पराको रक्षा र परिवारलाई समाजलाई सान्तोनासम्म पनि दिन हामी चुकेकै त होईन ।

अब के गर्ने ?

सदाको लकडाउनले समस्याको समाधान गर्न नसक्ने मात्र हैन देशको अर्थतन्त्र र जनताको जिबिकामा कठिनाई हुने भएकोले लकडाउन खोल्न आवश्यक भैसकेकोछ । तर रोग संक्रमणको जोखिमलाई कमजोर मन्नेकुरा भएन । सामाजिक दुरी कायम गर्ने, मास्क लगाएर हिड्ने, केही छोएपछि साबनपानीले राम्रोसंग हातधुने जस्ता सुरक्षाका उपायले रोग सर्न धेरैहदसम्म रोक्ने देखिएकोछ । यसलाई हरेक परिवार र ब्यक्ति सम्म पु-याउने कार्यक्रम ल्याईनु पर्दछ । गाउँगाउँ पुग्नुपर्छ ।

गाउँका स्वास्थ्यकर्मीहरुलाई उत्साही र जिम्मेवार बनाउनुपर्दछ । नपुगेका ठाउँमा स्वास्थ्यकर्मी थपनु पर्दछ । संक्रमण भएकाहरुलाई सान्तोना, सहयोग र मनोसामाजिक परामर्ष सहितको उपचार संहिता बनाइनुपर्दछ । ठुला अस्पतालहरु नियमित र ब्यवस्थित बनाउने र भरपर्दो उपचारको ब्यवस्था छ है भन्ने जनतामा विश्वास जगाउन आवश्यक छ । अस्पताल ब्यपारी मात्र हैनन् । जनताको स्वास्थ्यका रक्षक पनि हुन भन्ने सन्देशको आवश्यकता देखिन्छ ।

देशका लाखौ युवाहरु बिदेशमा छन् । धेरैजसो २ वर्षको भिषमा गएका छन । खाडि र मलेसियाको मात्र ४ बर्षको भिषा अबधी मान्दा पनि वर्षमा ५ लाख यूवाहरु नियमित रुपमानै फर्कन्छन् । सबैलाई आफ्नो देश घर फर्कने ब्यवस्था गर्नै पर्दछ । त्यतिमात्र हैन त्यतिनै संख्यामा भारतबाट फर्कने पनि छन । सबैलाई देशमा घरमा जानेवातावरण बनाउनै पर्छ । तसर्थ वडा वडामा क्वारेन्टाइनको भरपर्दो ब्यवस्था गरौ । सिमाबाट सुरक्षा सहित वडामा पु-याउने ब्यवस्था गरौ । टाढाको विदेशमा भएकाहरुलाई ल्याउन सरकारले आफ्नो खर्चमा सम्भव छैन । तर राष्ट्रिय धोजा बाहकले संकटको बेलामा बिना नाफा जनहितका काम गर्नु कर्तब्य हुन्छ । विदेशी विमान कम्पनीका विमान भाडामा लिएर भए पनि सदाकै मुल्यमा युवाहरु आउनसक्ने वातावरण बनाउनुपर्छ र तिनलाई विमानस्थलबाट सिधै वडासम्म पु-यायने ब्यवस्था गरौ । समाजलाई सुरक्षित र गतिशिल बनाउने सरकारको अभियान र हरेक जनताको साथ होस । शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा