लकडाउनबीच भ्रष्टाचारका ३७ वटा केस, ८१ जनाविरुद्ध मुद्दा (सूचीसहित)

काठमाडौँ, २९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लकडाउनको अवधिमा ३७ वटा केसमा ८१ जनाविरुद्ध विशेष अदालतमा दर्ता गरेको छ । अकुत सम्पत्ति, घुस, नक्कली सर्टिफिकेट, आर्थिक अनियमिततालगायतका मुद्दा अख्तियारले विशेष अदालतमा दर्ता गराएको छ ।

आर्थिक अनियमिततासँग सम्बन्धित आठवटा मुद्दामा ३३ जनाविरुद्ध मुद्दा चलाइएको छ । नक्कली सर्टिफिकेट प्रयोग गरेर सरकारी जागिर खाने ११ जना, अकुत सम्पतिसँग जोडिएका चारवटा मुद्दामा आठ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । त्यस्तै, घुस रकम लिएका १४ वटा मुद्दामा २४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । घुस लिनेमा वन कार्यालयका प्रमुख, प्रहरी, स्थानीय निकायका वडा सदस्यसम्म छन् । अख्तियारले लकडाउनको अवधिमा १५ हजारदेखि ३ लाख रुपैयाँ घुस लिनेसम्मलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको पाइएको छ । त्यस्तै, राजस्वसम्बन्धी मुद्दामा ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

लकडाउनका बीच अख्तियारले हिरासतमा राखेको चार जनालाई हिरासतमुक्त गरेको थियो । अख्तियारले सरकारी मुखपत्र गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालासहित चार जनाविरुद्ध २६ लाख १६ हजार १० रुपैयाँ विगो कायम गरेर मुद्दा दर्ता गरेको थियो । गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटका लागि सिफारिस गरी रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो । कोइरालासहित गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्त प्रकाश उपाध्याय, तत्कालीन अर्थ निर्देशक राम सुन्दर चौधरी र कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका सञ्चालक दीपककुमार भन्सालीविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

आर्थिक अनियमिततासँग जोडिएका आठवटा मुद्दामा ३३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । ३ वैशाखमा मेची भन्सार कार्यालय काँकडभिट्टा झापाका तत्कालीन भन्सार अधिकृत मनोजकुमार विकसहित पाँच जनाविरुद्ध ५५ लाख १० हजार ५ सय ९६ रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा सोहीबराबरको बिगो दाबी गर्दै मुद्दा दर्ता गरिएको थियो । याे खबर राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले घटेर ९१

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ११ मंसिर । नेपाली सेयर बजार ४ वर्ष अघिकै अवस्थामा आइपुगेको छ । ४ वर्ष अघि अर्थात २०७३ साउन

काठमाडौँ, ११ मंसिर । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ९१ हजार ५ सयमा