‘रुघाखोकी सबै कोरोना होइन, कोरोना लाग्दैमा मरिदैन’

भक्तपुर, २९ जेठ । रमेश गिरी । ‘रुघाखोकी सबै कोरोना होइन, कोरोना लाग्दैमा मरिदैन’, मध्यपुरथिमि नगरपालिकाले आमनागरिकका लागि सचेतना अपनाउन जारी गरेको यो सूचना अरनिको राजमार्गको आकाशे पुलमा देख्न पाइन्छ ।

धेरैको नजर आकाशे पुलमा टाँगिएको यो व्यानरमा ठोकिन्छ तर यसको अर्थ कतिले बुझे होलान् वा कतिले वास्तै गरेनन् । कोरोनादेखि आत्तिनु हुदैन भन्ने सन्देश प्रवाह गर्न यस्ता प्रचनर सामाग्री राखेको बताउदै मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ भन्नुहुन्छ, “रुघाखोकी लाग्दैमा धेरै मानिसहरु आत्तिने गरेका छन्, कोरोना पो भयो कि भनेर अस्पताल धाउने गरेको पाइन्छ । सामान्य कुरामा पनि यसरी अस्पताल धाउँदा रुघाखोकी लागेको मानिसलाई पनि सङ्क्रमण हुने जोखिम बढ्छ, त्यसैले यसप्रकारको सूचना प्रवाह गरेका हौ ।”

रुघाखोकी लाग्दैमा कोरोना हुदैन है भन्ने सन्देश सबैतिर फैलाउ नसक्दा मानसिक तनाब बढेको र घरपरिवारदेखि टोलसमाजमा समेत विभेद हुने गरेको पछिल्ला धेरै घट्नाहरु आएका छन् । भक्तपुर अस्पतालमा चौतारा साँगाचोकगढीँ नगरपालिका घरभई भक्तपु्रको सल्लाघारीमा बस्ने राधिका खड्का रुघाखोकी लागेछि घरभेटीदेखि समाजमा समेत विभेदपूर्ण व्यबहार सहनु परेकोे बताउनुहुन्छ ।

रुघाखोकी लाग्दैमा घरभेटीले कोरोना परीक्षण गरेर रिपोर्ट ल्याउन भनेपछि बाध्य भएर परीक्षणका लागि अस्पताल आएको उहाँ बताउनुहुन्छ । खड्का भन्नुहुन्छ, “अस्पतालले सामान्य रुघा भनेर औषधि दियो, घरभेटी कोरोना टेष्ट गर भन्छन्, आफ्नै घरका परिवार पनि डराएका छन्, बाहिर निस्कदा छिमेकी भाग्छन्, रुघा निको नभएसम्म तनाबले नै बाच्नै गाह्रो भो ।”

भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डन्ट डा. सुमित्रा गौतम कोरोनाको त्रासले मानिसमा मनोरोग बढ्ने खतरा बढ्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार मानिसमा जनचेतनाको कमिले रुघाखोकी लाग्ने बित्तिकै कोरोना भइहाल्यो भनेर आत्तिनै प्रबृत्ति गलत भएको बताउनुहुन्छ । डा. गौतम भन्नुहुन्छ,“रुघाखोकी लाग्दैमा कोरोना हुदैन, कोरोना लागिहाले पनि मरिहालिन्छ भन्ने हैन, कोरोना सङ्क्रमित धेरै निको भएर घर फर्किएको उदाहरण हाम्रो देशमा मात्रै नभई विश्व मै हेर्न सक्छौ ।”

सामान्य मौसमी रुघा लागे पनि आत्तिदै अस्तालमा कोरोना परीक्षण गर्न आउने गरेको सुनाउदै डा. गौतम भन्नुहुन्छ, “भक्तपुर अस्पतालमा सामान्य रुघाखोकी लागेका मलाई कोरोना भयो कि टेष्ट गर्नुपर्यो भन्दै आउनुहुन्छ, अबस्था हेरेर शंका लागेकालाई स्वाब लिएर परीक्षणमा पठाउछौ, अन्यलाई रुघाको औषधि र मनोपरामर्श दिएर पठाउछौ, अहिलेको समयमा मनोपरामर्श अत्यावश्यक छ ।”

नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालका मेडिकल डाइरेक्टर डा. डि.के. रौशन रुघाखोकी लाग्दैमा कोरोना नहुने र कोरोना लाग्दैमा मान्छे मरिहाल्छ भन्ने भ्रम पाल्न नहुने बताउनुहुन्छ । आत्मबलले नै कोरोना जितेको धेरै उदाहरण रहेको बताउदै डा. रौशन भन्नुहुन्छ, “रुघाखोकी लाग्दैमा मानिस आत्तिदै अस्पताल जाने, मानसिक तनाब बढी लिने गर्छन्, रुघाखोकी लाग्दैमा कोरोना भइहाल्छ र कोरोना लाग्ने बित्तिकै मरिहालिन्छ भन्ने मानसिकतालाई हटाउनुपर्छ ।” सबै रुघाखोकी कोरोना नहुने र संयमित भएर सुरक्षा अपनाउदै आत्मबल बलियो बनाउन सके कोरोनालाई जित्न सकिने उहाँको भनाई छ ।

सबै रुघाखोकी कोरोना नहुने बताउनुहुन्छ भक्तपुर अस्पतालका वरिष्ट चिकित्सक डा.सुनिल ढुङ्गेल । अहिले मौसमी रुघाखोकी र बिभिन्न एलर्जीको रुघाखोकी लाग्ने समय भएकाले आत्तिइहाल्नु पर्ने अबस्था नरहेको उहाको भनाई छ । एउटा स्वास्थ र रोग प्रतिरोधात्मक शक्ति बलियो भएको मानिसले रुघाखोकीलाई जिते जस्तै कोरोनालाई पनि जित्न सक्ने उहाँ बताउनुहुन्छ । दीर्घरोगी, शरीरमा पत्ता नलागेका रोग भएका, प्रतिरोधात्मक शक्ति कम भएकालाई कोरोनाले अलि समस्या पार्छ ।

डा.ढुङ्गेल भन्नुहुन्छ, “अहिलेको अबस्थालाई हेर्दा कोरोना सङ्क्रमण भएका ८५ देखि ९० प्रतिशत सामान्य अबस्थामा रहेका छन्, बाँकी १० प्रतिशतमा पनि करिब ७ प्रतिशत निको हुन्छन्, जो दीर्घरोगी, शरीरमा कुनै पत्ता नलागेका रोग भएका, प्रतिरोधात्मक शक्ति निकै कम भएकाको मृत्य्ु हुने गरेको छ ।” आफ्नै करोसाबारीमा फलेका तरकारी, घरमा पकाएको सन्तुलित खानेकुरा खाने र जंकफुड नखाने गरेमा रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने उहाको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार रुघाखोकी लाग्नु, १०४ डिग्रीभन्दा बढी ज्वरो आउनु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु, घाँटी, टाउको तथा जिउ दुख्नु, निमोनिया हुनु जस्ता लक्षण कोरोनामा देखिन्छ ।

त्यस्ता बिरामीको नजिक नजाने, नियमित साबुन पानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक तथा मुख छोप्ने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, अण्डा तथा मासु राम्ररी पकाएर खाने, लक्षण देखिए अस्पताल जाने गरेमा कोरोनाबाट बच्न सकिने चिकित्सकको सुझाब छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बैतडी, १३ मंसिर । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ ।  कोरोनाको जोखिम बढ्दै गएको

काठमाडौँ, १३ मंसिर । रुपन्देही, कपिलवस्तु र गोरखा एक-एक गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल

कालीकोट, १३ मंसिर । जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको

रुकुम पश्चिम, १३ मंसिर । आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार साँझ