प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

काठमाडौँ, २८ जेठ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले पेश गरेको (विनियोजन विधेयक) बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पेश गर्नुभएको थियो । उक्त बजेटलाई बुधबार अर्थमन्त्री खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । जसलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । बजेटको पक्षमा सत्तारुढ नेकपा सांसदले मात्र मत दिए ।

प्रतिनिधि सभाबाट बहुमतले पारित भएको बजेट राष्ट्रिय सभाले पनि पारित गर्नुपर्ने हुन्छ । राष्ट्रियसभामा प्रतिननिधि सभामा जस्तै मन्त्रालयगत शीर्षकमाथि छलफल हुनेछ । आगामी आर्थिक बर्षको बजेटको विभिन्न मन्त्रालयत शीर्षकमाथि सांसदहरुले २६ वटा खर्च कटौती प्रस्ताव गरेका थिए । सबै खर्च कटौतीसम्बन्धी प्रस्तावहरु सदनमा निणयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ वैशाख । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर पदमुक्त भएसँगै नयाँ सरकार गठनका लागि दौडधुप शुरु

काठमाडौँ, २९ वैशाख । जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया

काठमाडौँ, २९ वैशाख । गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले

काठमाडौँ, २९ वैशाख । सांसद पदबाट सामूहिक राजीनामा दिने तयारीमा रहेको नेकपा एमाले नेपाल समूह सोमबार बिहान एकाएक राजीनामा नदिने बरु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021