संकटको समयमा भ्रष्टाचार भए सैह्य हुँदैन : प्रम ओली

काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले राष्ट्रमा विपद् तथा संकटको समयमा समेत कहि कतै भ्रष्टाचार भएको पाइएमा सरकारले निर्मम रुपमा कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले वर्तमान समयको विषम् परिस्थितीलाई सामना गरी नागरिकले बाच्न पाउने अधिकारलाई सुरक्षा गर्नु सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै यो समयमा सरकारले गरेको आर्थिक गतिविधिको लेखापरिक्षण चुस्त दुरुस्त हुने र त्यसमा केही कतै भ्रष्टाचार भएको पाएमा सरकारले कडा रुपमा कारवाही गर्ने पुनः दोहोर्याउनुभयो ।

१० अरव खर्चको हिसाव देखाउनुपर्ने सांसदहरुको मागको बारेमा सांसदहरुले औषधी खरिद प्रकरणमा भ्रष्टाचार भएको भनि प्रश्नको उत्तर दिँदै उहाँले अनियमितता भएको प्रमाणीत भएमा कसैलाई नछोड्ने चेतावनी दिनुभयो ।

काममा केन्द्रीत भएकाले अविश्वासबाट सोच्नुु पर्ने आवश्यकता नभएको उल्लेख गर्दै उहाँले लेखापरिक्षणका दिन स्पष्ट हुने बताउनुभयो । अलिकति रकम पाउनसाथ जनप्रतिनिधिले भ्रष्टचार नै गरे भनेर भन्नु भन्दा पनि जनतालाई सहयोग पुर्याउन के गरिरहका छन् भन्ने कुरा मुख्य रहेको उल्लेख गर्दै उहाँले जनतालाई बचाउनु पहिलो जिम्मेवारी भएको बताउनुभयो ।

काम गर्ने जनप्रतिनिधिको भावना चोट पर्ने गरी विश्लेषण गर्नु नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘विश्वासका आधारमा हुने र त्यसको लेखापरिक्षण चुस्त र दुरुस्त हुनेछ । पक्रियाबाट हिसाव किताव हुन्छ । सवै माननीय ज्यूहरु ढुक्क हुनुस् ।’ उहाँले नेपालमा हालसम्मको तथ्याङक अनुसार कोरोनाबाट जम्मा संक्रमित मध्ये ८५ प्रतिशत भारतबाट आएका मानिसमा संक्रमित रहेको समेत जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड

काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । कास्की प्रहरीका

काठमाडौँ, ६ बैशाख । यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सयौँ यात्रु अलपत्र परेका

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२