भारतमा एकैदिन १० हजार बढी काेराेना संक्रमित फेला

काठमाडौँ, २८ जेठ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या पछिल्लो २४ घण्टाको अवधिमा १० हजार २१८ जना फेला परेका छन् । योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या २ लाख ७६ हजार १४६ पुगेकाे वर्ल्डाे मिटर्सले जनाएकाे छ । मंगलबार बिहानसम्म भारतमा संक्रमितकाे संख्या २ लाख ६५ हजार ९२८ थियाे ।

त्यसैगरी भारतमा पछिल्लाे २४ घण्टामा काेराेनाभाइरसका कारण २७७ जनकाे मृत्यु भएकाे छ । याेसँगै भारतमा काेराेनाभाइरसबाट मृत्यु हुनेकाे संख्या ७ हजार ७५० जनाको पुगेकाे छ ।

अहिले पनि भातरमा १ लाख ३३ हजार ७२६ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी १ लाख ३४ हजार ६६० जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म सवैभन्दा धेरै सङ्क्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका