काठमाडौँ, २७ जेठ । बजारमा चहल पहल सुरू भएसँगै कुखुराको मासुको मूल्य बढेको छ ।
लकडाउनको सुरूवातमा कुखुराको मासुको मूल्य प्रतिकिलो १ सय ८० रूपैयाँसम्म झरेको थियो । अहिले ३ सय ६० देखि ७० रूपैयाँसम्म पुगेको छ ।
बजारमा कुखुरा मासुको माग बढेपछि मूल्य बढ्दै गएको मासु व्यापारीहरु बताउँछन् ।






