बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने

काठमाडौँ, २५ जेठ । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ ।

स्थानीय तह तथा देशभरका विद्यालयको सहयोग तथा समन्वयमा विद्यार्थीलाई घरमै पाठ्यपुस्तक पुर्‍याइदिने योजना बनाइएको हो । सरकारको यो योजना सफल भएमा ढिलोमा पनि असार पहिलो साताभित्र विद्यालय तहमा अध्ययन गर्ने लाखौँ विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्नेछ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना सङ्क्रमणको त्रास कायमै रहेको तथा विद्यार्थी विद्यालयमा आउन सक्ने अवस्था नभएकाले विद्यार्थीलाई घरमै पुस्तक पुर्‍याउने योजना बनाइएको बताए ।

वैकल्पिक विधिबाट अध्यापन गरिने भए पनि विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्न सकेको अवस्थामा विद्यार्थीको सिकाइ प्रभावकारी हुने भएकाले पुस्तक पुर्‍याउने योजना बनाइएको हो । प्रविधिको पहुँच पुगे या नपुगे पनि पनि विद्यार्थीको हातमा पुस्तक हुनुपर्ने र यो विद्यार्थीको न्यूनतम आवश्यकता भएको उनको भनाइ छ ।

सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका-२०७७ हालै सार्वजनिक गरेको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले १ असारबाट मुलुकभरका विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिने घोषणा गरेका थिए । याे समाचार गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु

झापा, ११ कार्तिक । प्रहरीले झापाबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट लागुऔषध खैरो हेरोइन लिएर आउँदै

काठमाडौँ, ११ कार्तिक । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ

काठमाडौँ, ११ कार्तिक । सुर्खेतमा चिरपट (दाउरा)ले हान्दा चोट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका