पारिश्रमिक कटौतीका लागि माधुरी तयार

काठमाडौँ, २३ जेठ । बलिउड चलचित्र निर्माताहरूको सहयोग स्वरूप अभिनेत्री माधुरी दीक्षित पारिश्रमिक कटौतीका लागि तयार भएकी छन् ।

लकडाउनका कारण थला परेको बलिउड इन्डस्ट्रिलाई उकास्न बलिउड कलाकारहरू अघि बढिरहेका क्रममा माधुरीले पनि सहयोगको हात अघि बढाएकी हुन् ।

हालै एक भारतीय मिडियालाई दिएको अन्तवार्तामा माधुरीले यस कुराको जानकारी दिएकी हुन् । मिडियासँग कुरा गर्दै उनले निर्माताहरूको सहयोगका लागि आफ्नो पारिश्रमिकमा कटौती गर्नुपरे पनि तयार भएको र चलचित्र क्षेत्रलाई पुनः बलियो बनाउन सबैले सहयोगी हात अघि बढाउनु पर्ने कुरामा पनि जोड दिएका हुन् ।

माधुरी अघि तापसी पन्नु र कार्तिक आर्यन पनि पारिश्रमिक कटौती गर्न तयार भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै