ब्राजिलमा कोरोना संक्रमितको संख्या ६ लाख नाघ्याे

काठमाडौँ, २३ जेठ । ब्राजिलमा काेराेना संक्रमित संख्या ६ लाख नाघेकाे छ भने एकै दिन करिब १५ सयकाे ज्यान गएकाे छ ।

 बिहीबार ब्राजिलमा एकै दिन ३१ हजार ८९० जनामा संक्रमण पुष्टि भएकाे छ भने काेराेना भाइरसकै कारण बिहीबार एक दिनमा १ हजार ४९२ जनाकाे ज्यान गएकाे छ । अहिले ब्राजिल दैनिक नयाँ संक्रमित थपिनेमा मात्र नभएर दैनिक मृत्यु संख्यामा पनि विश्वकै पहिलाे स्थानमा देखिएकाे छ ।

कुल कोरोना संक्रमित देशको लहरमा दोस्रो स्थानमा रहेको ब्राजिलमा शुक्रबार बिहानसम्म जम्मा संक्रमित संख्या ६ लाख १५ हजार ८७० पुगेकाे छ । त्यहाँ अहिलेसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३४ हजार ४९ पुगेकाे छ । मृत्युका हिसाबले अहिले ब्राजिल विश्वकै तेस्राे लहरमा छ ।

यद्यपि ब्राजिलमा कुल संक्रमितमध्ये २ लाख ७४ हजारभन्दा बढी मानिसचाहिँ निको भइसकेका छन् । त्यहाँ हाल ३ लाख ६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस सक्रिय छ । ब्राजिलमा निकाे हुने दर अमेरिकाकाे भन्दा बढी छ ।

उता विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण र मृत्युका केसहरु रहेकाे अमेरिकामा दैनिक मृतक संख्या अहिले पनि १ हजार हाराहारी नै छ । बिहीबार त्यहाँ भाइरस संक्रमणका कारण १ हजार ३१ जनाकाे मृत्यु भएकाे छ भने २२ हजार २८८ नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा कुल संक्रमित संख्या १९ लाख २४ हजार नाघेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बागलुङ, ७ वैशाख । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४, खाडचौरका ३५ वर्षीय

काठमाडौँ, ७ वैशाख । चैत महिनामा ७० हजार भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

काठमाडौँ, ७ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै