अनलाइनबाटै कर तिर्न सकिने

काठमाडौँ, २२ जेठ । आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र बुझाउन सूचना जारी गरेको छ ।

आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुभप्रसाद रिजालले फागुन, चैत र वैशाखमा उठाएको मूल्य अभिवृद्धि कर र अन्तःशुल्क रकम असार ७ गतेभित्र भुक्तानी गर्न सूचित गरिएको बताए । उनका अनुसार अग्रिम कर कट्टी रकम र चैत महिनामा भुक्तानी गर्नुपर्ने चालू वर्षको दोस्रो किस्ताको आयकरको रकम पनि सोही समयमा भुक्तानी गर्नुपर्ने छ । लकडाउनको समयमा करदाताले मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको काम नगरेको भए पनि विवरण भने बुझाउनुपर्ने छ ।

करदाताले उठाएर कार्यालयलाई तिर्न राखेको रकम मात्र भुक्तानी गर्न भनिएको उनको भनाइ छ । लकडाउनले हिँडडुल गर्न अप्ठ्यारो परेमा आन्तरिक राजश्व विभागको वेबसाइट www.ird.gov.np मा गई आफूले भर्नुपर्ने विवरण भरेर आफ्नो फार्मको खाताबाट सोझै राजश्व कार्यालयको खातामा भुक्तानी गर्न सकिने छ । जसका लागि अप्ठ्यारो छ उनीहरुले सम्बन्धित बैंकबाट भुक्तानी गर्न सकिने छ । लकडाउनका समयमा अतिरिक्त कर तिर्न नभनेको भन्दै उनले भने, “करदाताले कार्यालयलाई तिर्न विभिन्न माध्यमबाट सङ्कलन गरेको कर तिर्नु भनेको हो ।” फागुनअघिका महिनाका विवरण र करका लागि भने म्याद थप नभएको उनले स्पष्ट पारे ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले अहिले लकडाउन नै भएकाले कम्तीमा असार २५ गतेसम्म समय दिनुपर्ने बताए । लकडाउनका कारण व्यवसाय बन्द भएकाले सङ्कटको समयमा कर तिर्ने पैसा कर्मचारीको तलबलगायतमा खर्च भएको भन्दै लकडाउन खुलेपछि मात्र कर तिर्न सहज हुने उनले बताए । यस कार्यालयमा करिब ६० हजार करदाता रहेका छन् । चितवन र नवलपुर जिल्ला हेर्दै आएको यस कार्यालयले गएको वैशाखसम्म रु २१ अर्ब राजश्व सङ्कलन गरेको छ । त्यस अवधिको लक्ष्य रु ३५ अर्ब रहेको थियो । यस वर्षको लक्ष्य रु ४३ अर्ब रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ । पटकपटकको छलफलपछि शिक्षा

काठमाडौँ, २० कार्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार दृढ रहेको स्पष्ट पारेको छ । आज नियमित

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन्

काठमाडौँ, २० कार्तिक । नेकपा (एमाले) का सचिव शेरधन राईले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक