अमेरिकामा कोरोना संक्रमित संख्या १९ लाख नाघ्यो

काठमाडौँ, २२ जेठ । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे संख्या १९ लाख १ हजार ७८३ पुगेकाे छ ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा बिहीबार बिहानसम्म कुल संक्रमित संख्या १९ लाख १ हजार ७८३ पुगेकाे छ । बुधबार एकै दिन मात्र त्यहाँ २० हजार ५७८ जनामा संक्रमण पुष्टि भएकाे छ ।

बुधबार एक दिनमा मात्रै अमेरिकामा ४२ हजार ६९६ संक्रमित निकाे भएकाे तथ्यांक वर्ल्डाेमिटर्सले देखाएकाे छ । यससँगै अमेरिकामा अहिलेसम्म कुल संक्रमितमध्ये ६ लाख ८८ हजार ६७० जना पूर्ण रूपमा निकाे भइसकेका छन् । ११ लाख ३ हजारभन्दा बढीमा चाहिँ अझै काेराेना भाइरस सक्रिय रहेकाे छ, जसमध्ये १६ हजार ९३९ काे अवस्था गम्भीर रहेकाे जनाइएकाे छ ।

तर अमेरिकामा हालसम्म १ लाख ९ हजार १४२ जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । बुधबार मात्रै १ हजार ८३ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । आज बजार मापक नेप्से परिसूचक ४.७८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार

काठमाडौँ, १५ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

काठमाडौँ, १५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस