मानिस रोगभन्दा पहिले भोकले मर्छन् : मुख्यमन्त्री राउत

जनकपुरधाम, २१ जेठ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले लामो समयदेखि जारी रहेको लकडाउनका कारण नेपालमा रोगभन्दा पनि भोकले मानिस मर्ने बताएका छन् ।

बुधबार प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै मुख्यमन्त्री राउतले लकडाउनका कारण काम गर्न नसकेका गरिब तथा विपन्नहरु भोकले मर्न सक्ने बताए ।

मुख्यमन्त्री राउतले स्थानीय तहहरुले बनाएका क्वारेन्टिनमा भारतसहित विभिन्न ठाउँबाट आएर बसेका व्यक्तिहरु थुनुवाको रुपमा जीवन बिताउन बाध्य रहेको बताए ।

उनले स्थानीय तहहरुले बनाएको क्वारेन्टिन नभई कोरोना सार्ने थलोको रुपमा देखिएको आरोप समेत लगाए । बैठकमा उनले भने, ‘गाउँपालिका, नगरपालिकाले जुन किसिमको क्वारेन्टाइन बनाएका छन् त्यो डब्लुएचओको मापदण्ड अनुसारका होइनन् ती क्वारेन्टिन कोरोना सार्ने स्थान बन्दै छन्।’

अहिलेको अवस्थामा तीनै तहको सरकारमा समन्वय र सहकार्यको आवश्यकता रहेको भन्दै मुख्यमन्त्री राउतले बाहिरबाट आएकालाई कसरी सुरक्षित राख्ने त्यसको प्रबन्ध गर्नु पर्ने आवश्यकता रहेकामा त्यस्तो हुन नसकेको बताए । उनले संघले अहिलेको अवस्थामा अभिभावकको रुपमा निर्वाह गर्नुपर्ने भूमिका गर्न नसकेको आरोप लगाए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा