जनयुद्ध सग्रालयको शिल्यान्यास

मोरङ, २० जेठ । जिल्लाको बेलबारी–२ मा जनयुद्ध सग्रहालयको शिल्यान्यास गरीएको छ ।

जनयुद्ध स्मृति प्रतिष्ठान नेपाल बनाउन लागेको सग्राहलयको मंगलवार शिल्यान्यास गरीएको छ । संग्रहालय निर्माणका लागि बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले आठ बिघा जमिन दान गरेपछि उक्त जग्गामा संग्रहालय निर्माण कार्य सुरु भएको हो । संग्रहालयमा कम्युनिस्ट आन्दोलन र जनयुद्धको इतिहास झल्कने गरी पार्क निर्माण गरिने जनयुद्ध प्रष्ठिान नेपालका अध्यक्ष शावित्रि कुमार काफलले बताए ।

संग्रहालयमा नेपालमा विभिन्न समयमा भएका जनयुद्धसँग सम्बन्धित सामग्रीहरू राखिने छन् । गरिव आसायहरुलाई रोजगारी तथा प्राविधिक शिक्षामा समेत अगाडि बढाउने प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । पार्कसहितको पर्यटकि क्षेत्रको समेत बिकास गरीने उनले बताए ।

संग्रहालयमा शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड, कांग्रेका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, पुष्पलाल, मदन भण्डारी तथा विभिन्न समयमा सहिद भएकाहरूको सालिक समेत राखिने जनयुद्ध प्रतिष्ठान नेपालले जनाएको छ । सग्रालय सँगै पार्क समेत निर्माण गरिने जनाइएको छ ।

सग्राहालयको शिल्यान्यास प्रष्ठिानका अध्यक्ष काफले, नेकपा मोरङका इन्चार्ज घनेन्द्र बस्नेत र मेयर सुवेदीले सयुक्तरुपमा गरेका थिए । केहि महिना अघि प्रष्ठिानको टोलिले नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड लाई समेत जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असार । आज काठमाडौँ उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ मन्त्रालयका

रौतहट, २४ असार । सर्लाहीमा आफन्तको कुटपिटबाट एक युवाको मृत्यु भएको छ । मंगलबार साँझ रौतहटको राजदेवी नगरपालिका-६ का ३५

काठमाडौँ, २४ असार । गण्डकी प्रदेशमा आज तीन जना कोरोना संक्रमित थपिएका छन् । म्याग्दी, तनहुँ र बाग्लुङमा एक/एक जना

सिरहा, २४ असार । सिरहामा मास्क नलगाई हिँड्ने ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार लकडाउनको नियम पालन गर्न