सभापति पोखरेलको प्रश्न : सत्तामा हुँदा सवै जय–जयकार, सत्ता वाहिर हुँदा सवै अपराध ?

काठमाडौँ, १९ जेठ । कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा अन्य प्रतिपक्षी दलले अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेट सम्बन्धीको विधेयकका सवालमा डाक्टर बन्नु नै अपराध हो भन्ने जसरी विनियोजन विधेयकमा छलफल गर्नु हास्यास्पद भएको बताउँदै विधेयक भन्दा फरक ढंगले अनावश्यक छलफल गरी सहि निष्कर्षमा पुग्न नसक्ने बताउनुभएको छ ।

आजको प्रतिधिसभामा अर्थमन्त्री डा. खतिवडाले प्रस्तु गर्नुभएको विधेयकको सवालमा आफ्नो धारणा राख्दै सभापति पोखरेलले वास्तविकताको धरातलमा उभिएर छलफल गर्नुपर्ने ठाउँमा मेरो र तेरो भनि अन्य विषयमा केही प्रतिपक्षी दलका सांसदहरुले प्रस्तुत हुनु लज्जास्पद भएको बताउनुभयो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको विधेयक अहिलेको मात्र नभई बजेट आइसकेपछि विनियोजन विधेयक प्रस्तुत गर्दै आइरहेको उल्लेख गर्दै उहाँले बजेटलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा आएको विधेयकलाई बाङ्गो टिङ्गो रुपमा अभिव्यक्ति दिनु गैर जिम्मेवारीपन भएको बताउनुभयो ।

बजेट विगतकै सिद्धान्तमा आधारित रहेको छलफल गर्नुपर्ने बताउँदै उहाँले लामो समयसम्म सत्ता चलाउँदै जय जयकार गर्ने अनि सत्ताभन्दा बाहिर रहने वित्तीकै निमोठेर नै जाँउ भन्ने ढंगले छलफल अघि बढाउनु उचित नहुने तर्क प्रस्तुत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बजेटमा विशेष गरी २०७७/७८ मा निमित्त संघिय संचित कोषमा खर्च गर्ने अधिकार कसरी प्रयोग गर्ने ? विनियोजनको प्रवन्ध कसरी गर्ने ? अन्तर सरकारी वित्तिय हस्तान्तरण सम्बन्धी व्यवस्था कसरी गर्ने ? योजना कार्यक्रम कार्यान्वयन सम्बन्धी विशेष व्यवस्थाहरु के हुने ? लेखाङ्कन प्रतिवेदन तथा आन्तरिक लेखा प्रतिवेदन सम्बन्धी व्यवस्था के हुने ? वित्तिय अनुसाशन सम्बन्धी व्यवस्था के हुने ? अख्तियार तथा कार्यक्रम स्वीकृति सम्बन्धी कार्यक्रम, मापदण्ड तथा मार्गनिदर्शनहरु कसरी बनाउने भन्ने विषयमा केन्द्रित रहेको तर छलफलमा मेरो ठाउँमा पुल कहिले बन्छ ? मेरो बाटो कहिले बन्छ ? भनि विषयमा आधारित नभई छलफल गरेर अर्थमन्त्रीले पिएचडी गर्नु नै अपराध भए जसरी भविष्यमा हाम्रा छोरा छोरी डाक्टर बन्नु नै अपराध हो भन्ने जसरी विनियोजन विधेयकमा छलफल गर्नुले सहि निष्कर्षमा पुग्न सकिँदैन ।’

संसदमा जे विषयले प्रवेश गरेको छ सोही विषयमा केन्द्रित भई अघि बढ्नु पर्नेमा जोड दिदै उहाँले भन्नुभयो, ‘बजेटमा भएका विषयहरुलाई समेत अन्यथा हुने गरी वृद्धभत्ता अहिले किन बढाइएन ? भनि प्रश्न गर्ने ? छातिमा हात राखेर भन्न सक्नुहुन्छ, यो संकटको घडिमा वद्धभत्ता बढाउन ठिक हो त ? त्यसैले बोल्नका लागि बोल्ने हिसावले मात्र प्रस्तुती दिनु उपयुक्त हैन ।’

वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सीमाको विषयमा राष्ट्रिय हित तथा स्वाधिनताको पक्षमा सवै पक्षको सहमतिमा ऐतिहासिक निर्णय लिई अघि बढेको बताउँदै उहाँले सवैले आ–आफ्नो जिम्मेवारीका साथ सीमा रक्षामा सरकारले चालेको मदममा गर्व गर्नुपर्नेमा अनावश्यक प्रश्न चिन्ह खडा गर्नु आफैमा दुर्भाग्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले सीमाका सम्बन्धमा ऐतिहासिक निर्णय गरेको सन्दर्भमा हामीले पनि समर्थन गरेको छ भनि गर्व गर्नुपर्ने ठाउँमा सीमाका विषयमा के गरेको छ ? भनि प्रश्न गर्ने ? संविधान समेत संशोधनको प्रकृयामा अघि बढिसकेकाले सीमाका विषयमा आलोचना हैन, गर्व गर्नुपर्छ ।’

सांसद विकास कोष भन्ने शिर्षकमा बजेट नभएको उल्लेख गर्दै उहाँले स्थानीय पूर्वाधार विकास कोष भन्ने शिर्षकबाट देशका एक सय ६५ निर्वाचन क्षेत्रमा जाने एउटा मात्रै समानुपातिक बजेट भएको बताउनुभयो । उक्त बजेटमा प्रत्यक्ष तथा समानुपातीक नभई सहकार्यको माध्यमबाट मिलेर छलफल गरी निर्णय गर्न सकिने बताउँदै उहाँले विधि र पद्धतिको बारेमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड

काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । कास्की प्रहरीका

काठमाडौँ, ६ बैशाख । यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सयौँ यात्रु अलपत्र परेका

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२