नापी अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रुपन्देही, १९ जेठ । रुपन्देहीको भैरहवास्थित नापी कार्यालका अधिकृत सरोज श्रेष्ठसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर भएको छ ।

जग्गाको कित्ताकाट र नामसारी गरिदिने बाहनामा सेवाग्राहीसँग घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

नापी अधिकृत श्रेष्ठ, सर्वेक्षकद्वय तीर्थराज भण्डारी र थानेश्वर चौधरी, मालपोत कार्यालय भैरहवाका नायब सुब्बा धर्मराज पन्थी र लेखापढी व्यवसायी जीवन शर्माविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । उनीहरुले आपसी मिलोमतोमा १७ लाख रुपैयाँ बराबरको घुस लिएको पाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

लेखन्दास शर्माविरुद्ध १७ लाख, नापी अधिकृत श्रेष्ठ, सर्वेक्षकद्वय चौधरी र भण्डारीलाई १२ लाख रुपैयाँ र नायव सुब्बा पन्थीविरुद्ध ५ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।  पहिलो टी–२०

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड