सामुदायिक विद्यालयको जिम्मा निजीलाई : सामुदायिक विद्यालयलाई झन् थला पर्ने

सरकारले सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारको जिम्मा निजी विद्यालयलाई दिने कार्यक्रम ल्याएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा ‘माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधारका सामग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेको,’ उल्लेख छ । तर, यो कार्यक्रमले सामुदायिक विद्यालयलाई झन् थला पार्ने भन्दै सरोकारवालाले विरोध जनाएका छन् ।

निजी विद्यालयलाई थप पोस्न सरकारले यस्तो कार्यक्रम ल्याएको शिक्षाविद् विनय कुसियतले बताए । ‘सामुदायिक विद्यालय निजीलाई सुम्पने कुरा हचुवाको भरमा ल्याइएको छ,’ उनले भने, ‘यो त बिरालोलाई दूधको संरक्षण गर्न जिम्मा लगाए जस्तो भयो ।’

मुलुकका ८० प्रतिशत बालबालिका सामुदायिक विद्यालयमा अध्ययरत रहेकाले २० प्रतिशत विद्यार्थी पढ्ने निजी विद्यालयलाई करको दायरामा ल्याउनुपर्ने उनको सुझाव छ । निजीले कमाएको मुनाफा लिएर सरकारले सामुदायिक विद्यालय सुधारमा खर्च गर्न सकिने कुसियतले प्रस्टाए । ‘६० प्रतिशत रकमले विद्यालय चलाऊ, २० प्रतिशत राज्यलाई कर बुझाऊ र २० प्रतिशत निजीका सञ्चालकले लिऊ भन्न सकिन्थ्यो,’ उनले भने । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ