गुल्मी, १७ जेठ । गुल्मीमा हप्तामा ३ दिन बैंक खुल्ने भएका छन् ।
सामाजिक दुरी कायम गरेर र आवश्यक स्वास्थ्य सामाग्रीहरु कार्यालय परिसरमा राखेर आइतबार, मंगलबार र बिहीबार बिहान १० बजेदेखि १ बजेसम्म बैंक खोल्ने निर्णय भएको हो ।
लामो समयसम्म बैंक तथा वित्तीय संस्था बन्द हुँदा सेवाग्राही मर्कामा परेकाले हप्ता तीन दिन बैंक खोल्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने चार जना संक्रमित रहेका छन् ।






