अनुसन्धानमा विश्वविद्यालयसँग सहकार्य !

काठमाडौँ, १० जेठ । सरकार र त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रका बीचमा अध्ययन तथा अनुसन्धानात्मक कार्यमा सहकार्य हुनसक्ने भएको छ । विगतमा सरकारले आफ्नै हिसाबले अनुसन्धान गर्ने तर विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू कामविहीन हुने अवस्था अन्त्यका लागि अब सहकार्यको सुरुवात हुने भएको हो ।

सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्मा पेश गरेको वार्षिक नीति तथा कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूलाई सुदृढ गर्दै विशिष्टीकृत गरिने नीति लिइएको छ ।

यो नीतिसँगै अब विश्व विद्यालयका विभिन्न विषयमा अनुसन्धान गर्ने उद्देश्यले स्थापित आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) गरी चारवटा अनुसन्धान केन्द्र थप सक्रिय हुने भएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा आफूविरुद्ध चलाइएको ‘बहिष्कार’ अभियानप्रति आपत्ति जनाएका छन् ।  आफ्नो सामान्य भनाइलाई केही

काठमाडौँ, ११ कार्तिक । फिल्म ‘कलेजी’को छायांकन सुरु भएको छ । सिक्किमबाट चलचित्रको छायांकन सुरु गरिएको हो । निर्देशक नवीन चौहानले सिक्किमको

काठमाडौँ, ११ कार्तिक । बलिउड अभिनेता इमरान खानलाई मुम्बई प्रहरीले अक्टोबर २८ भित्र भारत छाड्न दिएको नोटिसमा बम्बे उच्च अदालतले तत्कालका

काठमाडौँ, ९ कार्तिक । अभिनेता राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले मन्त्री पदको सीमा नाघेको टिप्पणी